Websoft University

१५ वर्ष मुनिको महिला साफ च्याम्पियनसिपमा नेपाल र भुटान बराबरीमा


काठमाण्डौ असोज २७ गते । रातो तारा डट कम,तेस्रो संस्करणको महिला साफ १५ वर्ष मुनिको च्याम्पियनसिपको अन्तिम खेलमा नेपालले भुटानसँग बराबरी खेलेको छ । लिग चरणको हिजो भएको अन्तिम खेलमा नेपाललाई घरेलु टोली भुटानले १–१ गोलको बराबरीमा रोक्न सफल भएको हो । ५० आंै मिनेटमा निकिता थोकरले गोल गर्दै नेपाललाई अग्रता दिलाउनुभयो । ६७ आंै मिनेटमा घरेलु टोलीका लागि डेकी लाजोमले गोल गर्दै खेल बराबरीमा ल्याउनुभयो । नेपाल र भुटानले लिग चरणको अन्तिम खेलमा बराबरी खेल्दै अङ्क बाँडेका छन् । दुवै टोली एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएका थिए । प्रतियोगिताको उपाधिका लागि भारत र बंगलादेशबी प्रतिस्पर्धा हुनेछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.