Websoft University

बस दुर्घटनामा परि १४ जनाको मृत्यु – बस सडकबाट २ सय मिटर तल खस्यो


बिराटनगर असोज २४ गते । रातो तारा डट कम,इन्द्रावती गाउँपालिका १० मा आज बिहान बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ । भोटसिपाबाट काठमाडौंका लागि छुटेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस दुर्घटनामा परेको हो । सात जनाको घटनास्थलमै मृत्यु भएको हो भने अन्य सातजनाको उपचारका लागि अस्पताल लाने क्रममा र धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

उपचारका लागि धुलिखेल अस्पतालमा ल्याइएका अन्य ५२ जनामध्ये पाँच जनाको मृत्यु भएको जनाइएको 
छ ।  बस सडकबाट २ सय मिटर तल खसेको थियो । क्षतिको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । 

मृत्यु हुनेमा इन्द्रावती ९ का जुना देवी लम्साल, सुवास तमाङ, अनुज तमांङ मिना मगर, सुमित पुर्कोटी, बिनोद लम्साल, हिरा श्रेस्ठ, रितेश आचार्य, बनेपाका केदार श्रेष्ठ, संगिता मिजार र बाह्रबिसेका सुमिता श्रेष्ठ रहेका छन् । घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचारको लागि लगिएको स्थानीय एवम नेकपा सिन्धुपाल्चोकका अध्यक्ष झम्क नेपालले जानकारी दिनुभयो । बसेको छतमा समेत यात्रु थिए । 

बसमा ७० भन्दा बढी यात्रुहरु रहेको अनुमान गरिएको छ । हेलम्बु यातयातको बस कच्ची सडक र यात्रुबढी भएकाले दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.