Websoft University

सामुदायिक वनले उपभोक्तालाई एलपी ग्यास बाल्न सिलिण्डर वितरण गर्यो


श्याम राई गाईघाट असोज २४ गते । रातो तारा डट कम,दाउराको खपत गर्दा वन विनाश बढ्ने भन्दै उदयपुर को एक सामुदायिक वनले उपभोक्तालाई एलपी ग्यास बाल्न सिलिण्डर वितरण गरेको छ । दाउरा प्रयोग गर्दा दिनदिनै वन जंगल विनाश हुँदै गएको भन्दै त्रियुगा नगरपालिका ७ का होक्से सामुदायिक वन उपभोक्ता समूहले उपभोक्तालाई एलपी ग्यास बाल्न सिलिण्डर वितरण गरेको हो ।

दशैँको अवसरमा ग्याँस सिलिन्डर पाउँदा उपभोत्ताह? हर्षित बनेका छन् । सामुदायिक वनले सप्तमीको दिन उपभोक्ता भेला गरेर ग्याँस सिलिन्डर वितरण गरेको जिल्ला वन कार्यलय उदयपुरले जनाएको छ । सामुदायिक वन समूहमा आबद्ध उपभोक्तालाई ४ लाख ९६ हजार रुपैयाँ बराबरको ८० घरधुरी उपभोक्तालाई एलपी ग्यासको सिलिण्डर वितरण गरेको समूहले जनाएको छ ।

समूहले आर्थिक वर्ष २)७५÷७६ को आम्दानीबाट समूहभित्र रहेका ८० घरधुरी परिवारलाई ग्यास सिलिण्डर वितरण गरेको समूहका अध्यक्ष डिक बहादुर आलेमगरले बताए । उनले सामुदायिक वन उपभोक्ता समूहमा आवद्ध सबै ८० घरधुरी लाई ग्यास वितरण गरिएको बताए । घरायसी प्रयोजनका लागि दाउरा बाल्न ?ख काट्दा वन फँडानीलहुँदै आएको भन्दै समूहले कार्ययोजना बनाएर वन दाउरा रोक्न लागेको उनले बताए ।

बैकल्पिक उर्जा कार्यक्रमअन्तर्गत एलपी ग्यास सिलिण्डर वितरण गरिएको सामुदायिक वन उपभोक्ता महासंघ त्रियुगा नगर कमिटी अध्यक्ष नरबहादुर खड्काले बताए । उनले होक्से सामुदायिक वन उपभोक्ता समूहका कार्यसमिति वन जोगाउन ग्यास चुलो वितरण गरेकोले धन्यवादको पात्र भएकोको बताए ।

उपभोक्तालाई धुवाँमुक्त बनाउने योजना पनि यस कार्यक्रममा समेटिएको उनले जानकारी दिए । सरकारले अघि सारेको ‘धुँवामुक्त त्रियुगा नगर अभियान’ लाई सहयोग गर्न पनि ग्यास सिलिण्डर बितरण गरिएको हो । देउरी सव डिभिजन कार्यालयका रेन्जर बाबुराम फुयालका अनुसार एक घरधुरी उपभोक्ताले सरदर वार्षिक ३० देखि ३५ भारी दाउरा खपत गर्ने गरेको तथ्यांकले देखाउँछ ।

होक्से सावउसले गरेको काम एकदमै सरहानीय भएको बताए । ‘यसरी उपभोक्ताले खपत गर्ने दाउरा भनेको वन सम्पदा मासेरै हो’ रेन्जर फुयालले भने ‘यस्तै तरिकाले वन मासेर दाउरा उत्पादन गर्दै जाने हो भने त केही वर्षभित्रै वन सकिने निश्चित भयो, त्यसैले बिकल्पमा सावउसले ग्यास सिलिण्डर बितरण गरेर सराहनिय काम गरेको उनले वताए ।

खाना पकाउने प्रयोग हुने दाउरा उत्पादन त्यही सामुदायिक वनक्षेत्रबाटै हुने भएकाले यसबाट वर्षेनी वन विनाश बढ्दै गएको पाएपछि रुख काट्ने काममा कमी ल्याउन ग्यास सिलिण्डर बितरण गरिएको अध्यक्ष आलेमगरको भनाई छ । समूहले सिलिण्डर बितरणसँगै उपभोक्तालाई सामुदायिक वनको परिचयपत्र समेत वितरण गरेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.