काठमाण्डौ कार्तिक १६ गते । रातो तारा डट कम,नेपाली काँग्रेसले उपनिर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवार चयन गर्ने जिम्मा पदाधिकारीलाई दिएको छ । पार्टीको केन्द्रीय समितिको बैठकले कास्की २ को प्रतिनिधिसभा निर्वाचन उम्मेदवार र दाङ तथा बागलुङको प्रदेशसभा निर्वाचनको उम्मेदवार चयन गर्ने जिम्मा पदाधिकारीलाई दिएको हो । वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलासहितको पदाधिकारीलाई उपनिर्वाचनको उम्मेदवार चयनको जिम्मेवारी बैठकले दिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो । बैठकले धरान उपमहानगरपालिकाको मेयरमा तिलक राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
Post a Comment