काठमाण्डौ कार्तिक १९ गते । रातो तारा डट कम,नेपाल भ्रमणमा रहेको विश्व क्रिकेटको सबैभन्दा पुरानो क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्धको एकदिवसीय क्रिकेटमा नेपालले जित निकालेको छ ।
किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हिजो भएको खेलमा नेपालले एमसीसीलाई ५ विकेटले पराजित गरेको
हो । एमसीसीले दिएको २ सय २ रनको लक्ष्य नेपालले ३७ ओभर ३ बलमा मात्र ५ विकेट गुमाएर पुरा ग¥र्यो । नेपालको जितमा विनोद भण्डारीले अविजित रहदै ५२ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एमसीसीले ३९ ओभर २ बलमा अलआउट हुँदै २ सय १ रन बनाएको थियो । एमसीसीका विल रोड्स र विलि गोडलम्यानले अर्धशतकीय इनिङ्स खेले भने रोड्सले ५४ रन जोड्दा गोडलम्यानले ५२ रन बनाए ।
यस्तै विल भेन्डेस्पर ३६ तथा क्यालम ज्याक्सन र एलेक्स थोमसनले समान ११ रन बनाउनुभयो । नेपालका पवन सर्राफ र ललित नारायण राजवंशीले समान ४÷४ विकेट लिनुभयो । करण केसी र अविनास बोहराको नाममा १÷१ विकेट रह्यो ।
Post a Comment