Websoft University

गाइघाट बजारको मध्यभागमा सडक विस्तारमा विवाद उत्पन्न


श्याम राई-गाइघाट मंसीर ९ गते । रातो तारा डट कम,निर्माणाधिन मदन भण्डारी स्मृती लोकमार्ग अन्तर्गत गाइघाट बजारको मध्यभागमा सडक विस्तारमा विवाद उत्पन्न भएपछि दूइ वटा मापदण्ड बनाएर विस्तार गर्न लागिएको छ । उक्त लोकमार्ग अन्र्तगत को बरुवा फुदेखी पीजी  चोैक सम्म सडक आयोजनाले सडकको विच भाग देखी दूवै तर्फ १०÷१० मिटर लिने सहमती भएको छ ।

 २०२८ सालको सर्वे अनुरुप सडकको चौडाई २५ मिटर रहेको छ । तर स्थानियले विवाद गरेपछि उक्त सडकको चौडाइ घटाएर २० मिटर कायम गरीएको छ । सडक विस्तारको क्रममा सडक को दुवै तर्फ धेरै घर टहरा भत्काउन पर्ने भएकोले स्थानिय बासिन्दाले काममा अवरोध गर्दै विवाद सृजना गरेका थिए ।

सडक आयोजनाले सडकको मध्यभाग देखी दुवै तर्फ १०÷१० मिटर लिएर काम अघि  बढाउने तयारी गरेको छ । पिजी चौक देखी सेतो पुलसम्म भने सडक आयोजनाले पुरानो तथ्याङ्कन्अनुरुप नै काम शुरु गरेको छ । उक्त क्षेत्रमा स्थानियले कुनै विवाद नगरेपछि २५  मिटर चौडाइ कायम गरी आयोजनाले काम अघि बढाइ रहेको लोकमार्ग कार्यालयका प्रमुख (डिइ) ललीतजङ्ग खनालले बताए । 

विवाद भएकै कारण एउटै सडकमा दुइ वटा मापदण्ड बनाएर काम गर्नु परेको उनले बताए ।  ‘जहाँ विवाद भयो  त्यहा सडकको चौडाइ ५ मिटर घटाउनु प¥योे ।’ उनले भने ।  तर विवाद नभएको  ठाउमा भने सडकको चौडाइ यथावत  राखिएको उनले जानकारी दीए । 

नगरपालीकाको पहलमा सर्वपक्षिय भेलाबाट पिजी चौकमा सडक को चौडाइ घटाउने निणर्य  भएको उनले बताए ।  स्थानिय व्यापारी महेन्द्र मल्लीक ले एउटै सडकमा दुइ वटा मापदण्ठ बनाएर आयोजनाले सडक निर्माण गर्नु गलत रहेको  बताए । उनले आफ्नो क्षेत्रमा भैरहेको सडक विस्तार मा कसैले विवाद नगरेकै कारण सडक आयोजनाले  आफुखुसी काम गरेको बताए । ‘एउटै सडकमा दुइटा मापदण्ड बनाउनु मिल्छ ?’ उनले प्रश्न गरे ।  यो सरासर बदमासी हो ।  

हामीले सडक विस्तारको क्रममा सडकमा घर पर्दा समेत भत्काएर सहयोग गरेका छौँ । तर विवाद गरेकै भरमा सडकमा परेको घर नभत्काइ सडकको चौडाई घटाउने काम हुनुले दुःख लागेको उनले बताए । 

सडक विस्तारको क्रममा पिजी चौक देखी सेतो पुलसम्म स्थानिय को धेरै घर टहरा भत्काउनुपर्ने छ । तर त्यस क्षेत्रका बासीन्दाहरुबाट कुनै विवाद नआएको  बरु  सडक विस्तारमा सहयोग गरेको डिई खनालले बताए । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.