Websoft University

नेकपाको सचिवालय बैठक बस्दै


काठमाण्डौ कार्तिक १६ गते । रातो तारा डट कम, आगामी मंसिर १४ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाउन सत्तारुढ नेकपाको सचिवालय बैठक आज बिहान बस्दै छ । नेकपाका महासचिव बिष्णु पौडेलले प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा प्रतिनिधिसभा, प्रदेशसभा र उपमहानगरपालिकाका उम्मेदवारको बारेमा छलफल हुने जानकारी दिनुभयो । बैठकको समय भने एकीन भएको छैन । हिजो प्रधानमन्त्री निवासमा दुवै अध्यक्षबीचको छलफलमा सचिवालय बैठक बोलाउने सहमति भएको हो । भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे प्रचण्डलाई जानकारी गराउनुभएको उहाँको निजी सचिवालयले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.