काठमाण्डौ मंसिर ६ गते। रातो तारा डट कम,तेह्रथुमका प्रतिनिधिसभा सदस्य भवानी खापुङको सांसद विकास कोष अनतरर्गत निर्वाचन क्षेत्र विकासका लागि जिल्लाका ६ वटै स्थानीय तहमा २४ वटा योजना छनौट भएका छन् । निर्वाचन विकास कोष समितिको बैठकले विभिन्न क्षेत्रबाट प्राप्त भएको योजनाहरु मध्येबाट आवश्यक पर्ने २४ वटा योजना छनौट गरिएको प्रतिनिधिसभा सदस्य खापुङले बताउनु भएको छ ।
उहाका अनुसार जिल्लाका ६ वटै स्थानीय तहको विकासका लागि म्याङलुङ नगरपालिकामा ६ वटा योजना, फेदाप गाउँपालिकामा ५ वटा योजना, लालीगुराँस नगरपालिकामा ४ वटा योजना, छथर गाउँपालिका, मेन्छ्यायेम गाउँपालिका र आठराई गाउँपालिकामा ३ र ३ वटा योजना छनौट भएका छन् । जसमध्ये म्याङलुङ चक्रपथ निर्माण (तम्फुला डाडाखर्क खण्ड) का लागि ५० लाख , श्रीसुद्धफापरबारी खानेपानी योजना म्याङलुङ–६ मा १८ लाख, गुरागाई चोकदेखि जनता आधारभुत विद्यालय हुँदै लालिगुराँस नगरपालिका सडकमा १० लाख, म्याङलुङ बसपार्क तुम्फुला सम्फरजुङ लामीबगरघाट सडक निर्माणमा २० लाख, कोबेक खेल मैदान निर्माण म्याङलुङ–८ मा १० लाख , म्याङलुङ क्याम्पस कक्षाकोठा थप, खानेपानी शौचालय निर्माण साझेदारी कार्यक्रममा १० लाख विनियोजन भएको छ ।
यस्तै मुसाङखेल सेपेनी सडक निर्माण लानपामा ५० लाख, चिया प्रशोधन भवन मर्मत लालि गुरास नगर पालिका ९ मा १० लाख,सुदाप कोलाबुङ दागपा सल्लेरी सडक निर्माण (दागपा खण्ड) लानपामा १० लाख र नेबाङ कृषि सडक स्तरउन्नती लानपामा १० लाख रकम बिनियोजन भएको छ।
यसैगरी सक्रान्तीबजार सहरी सडक निर्माण आठराई गाउँपलिका–१ मा ५४ लाख, सक्रान्ती बजारबाट वडानम्बर ३ ह्वाकु जाने सडक निर्माणमा ३२ लाख, सामुदायीक स्वास्थ्य केन्द्र निर्माण खाम्लालुङमा २० लाख रकम बिनियोजन भएको छ ।
यसै बिच साक्चुवा डाँडागाउँ हुँदै ज्यामिरे सडक निर्माण फेदापमा १५ लाख, याबरा खेल मैदान फेदाप २ मा २० लाख, सम्दुमाबी थलडाडा मसानघाट जानेबाटो फेदाप ४ मा १५ लाख, भेटवालगाउ कालीकुवा सडकनिर्माण ईसिबु फेदाप ५ मा १५ लाख, शंकरमावि भवन तला थपका लागि १५ लाख रकम विनियोजन भएको छ ।
Post a Comment