काठमाण्डौ कार्तिक १८ गते । रातो तारा डट कम,शरीररको छालासम्बन्धी विभिन्न रोग निको हुने विश्वासमा अहिले भोटेकोसी गाउँपालिका वडा २, तातोपानीस्थित तातोपानी धारामा नुहाउनेको भीड बढेको छ । चीन जोड्ने सीमाक्षेत्र तातोपानी बजारमा रहेको अविरल तातोपानी धारामा सडक, बिजुली, होटेलजस्ता सबै पूर्वाधार सहज भएपछि नुहाउन आउने तिर्थालुको सङ्ख्या बढेको हो । काठमाण्डौ, भक्तपुरबाट परिवारसहित आएका सुरबहादुर श्रेष्ठले आफ्नो छालासम्बन्धी रोग निको हुने विश्वासका साथ नुहाउन आएको बताउनुभयो । नुहाउन आउनेमा स्वदेशीको सङ्ख्या धेरै छ । दैनिक तीन सयभन्दा बढी पर्यटक नुहाएर फर्कने भएकाले त्यसको व्यवस्थापनमा जुटिरहेको तातोपानी धारा निर्माण सुधार समितिका अध्यक्ष अमृत खड्काले बताउनुभयो । भूकम्पअघि तातोपानीको बाटो प्रयोग गरेर वार्षिक ५० हजारभन्दा बढी विदेशी पर्यटक आउनेजाने गर्थे । जसमध्ये ४० हजारभन्दा बढी पर्यटक चीनका हुन्थे ।
Post a Comment