Websoft University

धानमा बाला नलागेका किसानलाइ सरकारले क्षतिपुर्ति दिने


काठमाण्डौ कार्तिक १६ गते । रातो तारा डट कम,गरिमा धानमा बाला नलागेपछि पीडित किसानलाई सरकारले क्षतिपूर्ति दिने भएको छ । आज प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव रघुराम विष्टले गरिमा धानले बाला नहालेपछि पीडित बनेका किसानलाई क्षतिपूर्ति दिने बताउनुभएको हो ।

गरिमा जातको धानले बाला नहाल्दा भएको क्षतिबारे अध्ययन गर्न मन्त्रालयले एक समिति बनाएको जानकारी दिँदै उहाँले एक महिनामा प्रतिवेदन आएपछि क्षतिपूर्ति दिने बताउनुभयो ।  कति क्षतिपूर्ति दिने भन्ने बारेमा भने अहिले भन्न नसकिने उहाँले बताउनुभयो । 

सनराइज एग्रीकल्चर रिसर्च सेन्टर प्रालिले भारतको हैदरावादस्थित रिनोभा सिड साइन्स इन्डिया प्रालिबाट गरिमा जातको वर्णश्रंकर जातको धान आयात गरी बिक्री वितरण गरेको थियो । यो धानको जातीय गुणअनुसार ९० देखि ९५ दिनभित्र ५० प्रतिशत फूल खेल्नुपर्ने र १२५ दिनभित्र उत्पादन भइसक्नुपर्ने थियो ।

तर गरिमा धान लगाएका विभिन्न जिल्लामा बाला नहालेपछि किसानहरुले धान काटेर अर्को बाली लगाउने तयारी गरेका छन् । दाङ, कैलाली, बाँके, बर्दिया, कपिलवस्तु, तनहुँ, नवलपरासी पूर्व, चितवन लगाएत जिल्लामा यो धान लगाइएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.