मोहन कुमार राई-कार्तिक २३ गते। रातो तारा डट कम,
संखुवासभा, समाजवादी पाटी नेपालले मकालु गाउँपालिकाको अध्यक्ष पदका लागि नुर्बु शेर्पालाई उमेदवारी घोषणा गरेको छ ।
आगामी मंसिर १४ गते हुने उप निर्वाचनका लागि समाजवादी पाटीको बिहिवार बसेको जिल्ला कमिटिको वैठकको निर्णय पश्चात शुक्रबार पत्रकार सम्मेलन गरी शेर्पालाई गाउँपालिका अध्यक्ष पदमा उमेदवारी घोषणा गरिएको पाटीका जिल्ला अध्यक्ष कवान शेन राईले वताउनुभयो ।
गाउँपालिका अध्यक्ष पदका लागि विरेन्द्र राई, मुकेश तामाङ र नुर्वु शेर्पा सहित ३ जनको आकांक्षी देखिए पनि जिल्ला कमिटिको बैठकले शेर्पालाई नै उमेदवारी प्रदान गर्ने निर्णय गरेको हो । मकालु गाउपालीकाको अध्यक्ष पदका लागि नेपाली काँग्रेसबाट बिमान पराजुली र सत्तारुढ दल नेकपाले तेजबहादुर पोख्रेललाई यस अघि नै उमेदवारीको घोषणा गरिसकेको छ ।
मकालु गाँउपालिकामा ९ हजार १ र खाँदवारी ३ मा १८ सय २२ मतदाता रहेका छन । मकालु गाउँपालिका अध्यक्ष जिप दुर्घटना र खाँदवारी नगरपालिका ३ का वडाध्यक्ष हृदयघातबाट मुत्यु भएपछि उक्त ठाउँको लागि उपनिर्वाचन हुन लागेको हो ।
Post a Comment