Websoft University

रिमाको नजिकै बसौ, भिडियो सार्वजनिक


काठमाण्डौ कार्तिक १६ गते । रातो तारा डट कम, प्रतिभाशाली युवा गायक प्रदिप  लकान्द्रीले आफ्नो पहिलो डेब्यु गीत नजिकै बसौ सार्वजनिक गरेका छन । भोजपुरमा जन्मिएका यी नव गायक लकान्द्रीले  काठमान्डौमा संगीतमा आफ्नो भविष्य खोज्दै अघि बढिरहेका छन । औपचारिक रुपमा संगीत सिकेर संगीतमा लागेका यी गायकले यसघि आफ्नै घरदेशमा ९ स्टुडियो भर्सन ० र भोजपुर जिल्ला जुहारी ब्याटल युगल गायनमा रहेको गीतमा आफ्नो स्वर दिसकेका छन ।

संगीतमा लागेर नाम, दाम र सम्मान कमाउने सपना देखेका यी गायकको नजिकै बसौ म्युजिक भिडियो पहिलो अफ़िसिएल भिडियो हो । यस गीतमा प्रदिप लकान्द्री र मिना निरौलाको युगल गायन रहेको छ ।गीतका शब्द सानु कोबिदले लेखेका हुन भने संगीत सुरेन्द्र कुमार साहीको रहेको छ । संगीत संयोजन रिकेश गुरुङले गरेका हुन ।

गोदावरीको सुन्दर रमणीय ठाऊमा शुट गरिएको भिडियोलाई नबराज उप्रेतीले छायांकन गरेका हुन । बिकाश ज्ञवालीले भिडियो सम्पादन गरेका हुन ।सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको भिडियोमा प्रकाश रामदाम र रिमा बिश्वोकर्माको अभिनय रहेको छ । सुब्रत राज आचार्यले निर्देशन गरेको भिडियोलाई दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.