Websoft University

किर्ते नागरिकता बनाईदिने सर्वजित सुनार पक्राउ


काठमाण्डौ कार्तिक १९ गते । रातो तारा डट कम,किर्ते नागरिकता बनाईदिएको कसुरमा प्रहरीले एक बृद्धलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको आँधीखोला गाउँपालिका ४ का ७६ वर्षका सर्वजित सुनार रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता नवीनकृष्ण भण्डारीले बताउनुभयो । सुनारले २०६० माघ २० गते जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट कास्की पोखरा महानगरपालिका ३० बस्ने डिलबहादुर श्रेष्ठको ३३ वर्षीय छोरा शंकर श्रेष्ठलाई आफ्नै छोरा हो भनी झुठो विवरण पेश गरी नागरिकता बनाईदिएका थिए । झुठो विवरण दिएर नागरिकता बनाईदिएको खुल्न आएपछि प्रहरीले ‘नागरिकतासम्बन्धी कसुर’ मुद्धा दर्ता गरी निज प्रतिवादी सुनारलाई पक्राउ गरी स्याङ्जा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको प्रहरी प्रवक्ता भण्डारीले बताउनुभयो । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.