Websoft University

लैङ्गीक हिंसा विरुद्धका कानूनको कार्यान्वयनमा ल्याउने–मन्त्री थापा

काठमाडौ कार्तिक १८ गते । रातो तारा डट कम, लैङ्गीक हिंसा विरुद्ध प्रभावकारी रुपमा कानूनको कार्यान्वयन गरिने महिला, बालबालिका तथा ज्ेष्ठ नागरिक मन्त्री थममाया थापाले बताइ् ।

आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री थापाले सो कुरा बताएकी हुन् । नेपाल सरकारले यस वर्षदेखि जेठ १६ गते राष्ट्रिय महिला अधिकारी दिवस –२०७६ मनाउने अन्तर्गत यस वर्ष लैङ्गीक हिंसा विरुद्धको अभियानको रुपमा संघ, प्रदेश र स्थानीय तहले मनाइरहको उन जानकारी दिइन् ।

मन्त्री थापाले ‘लैङ्गीक हिंसा मुक्त देश’ अभियानलाई सफल बनाउनका लागि तीन तहको सरकारले सवैको सहयोगमा कार्य गर्नुपर्ने बताइन् । मुलुकमा गणतन्त्र आएपनि वर्तमान अवस्थामा महिला विभेद अहिले पनि समाजमा अवशेषमा रुपमा रहेको त्यसको अन्त्य गरी समतामूलक समाज निर्माण गर्नु पर्ने उनले बताइन् ।

मन्त्री थापाले महिला मैत्री समाज’निर्माणका लागि तीन तहको सरकारले गम्भिर रुपमा लिई पालीकादेखि वडासम्म योजना, कार्यक्रम र आवश्यक सुझाव संकलन गर्नुपर्नेमा बताइन् । उनले महिला हिंसा अन्त्यका लागि निरन्तर अभियान, नियम कानूनको प्रभावकारी अभ्यास र ग्रामीण क्षेत्रका महिलालाई संवैधानिक अधिकारका विषयमा सूसुचित अभियान संञ्चालन गर्नुपर्ने आवश्यक्ता बताइन् ।

मन्त्री थापाले प्रदेश प्रमुखहरुमा ३३ प्रतिशत महिलाको सहभागिताका लागि पार्टी तथा सरकारलाई सुझाव दिएको बताइन् ।उनले स्थानीय तहमा ४१ प्रतिशत महिलाहरुको प्रतिनिधित्व रहेको जानकारी समेत गराइन् ।

मन्त्री थापाले महिला हिंसा विरुद्ध सरकार इमान्दारिताका साथ लागेको वताइन् । उनले राजनितिक परिवर्तन भएपनि सोच र विचारमा परिवर्तन हुन नसक्दा महिला हिंसा तथा लैंगिक हिंसा वढेको भन्दै महिलामाथी हृुुने व्यवहार र सोचमा परिवर्तन हुुनु जरुरी रहेको वताइन् ।

मन्त्री थापाले समाता मुलक र न्यायमुलक समाजको निमार्णगर्न पनि सवैले सकारात्मक सोच राख्नुुपर्ने वताइन् । महिला हिंसा विरुद्ध सरकारले अभियान सञ्चालन गरेको भन्दै त्यसको सफल कार्यान्वयनका लागी स्थानिय स्तरमा सवैको सहयोग आवश्यक रहेको समेत वताइन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.