शिव भट्टराई सुनसरी कार्तिक १८ गते । रातो तारा डट कम,
इटहरी स्थित पुर्व पश्चिम लोकमार्गमा रहेको जालपा पेट्रोल पम्प अगाडि सवारी दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।
सोमबार दिउसो करीब ४:१० बजे तिर पुर्वबाट पश्चिम तर्फ जादै गरेको को १ ज २८३५ नम्बरको म्याजिक र विपरित दिशाबाट आउँदै गरेको को २ ह ५९३ नम्बरको ट्याम्पो एक आपसमा ठक्कर खादा ट्याम्पोमा सवार र म्याजिकमा सवार २२ जना घाइते भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
घाइते मध्ये ५ जना गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको इटहरी स्थित एपेक्स अस्पातलमा उपचार हुँदै गरेको र गम्भिर घाइते भएकाहरुलाई विराटनगर स्थित न्युरो अस्पातल लैजाने तयारी हुदै गरेको प्रहरीले बताएको छ ।
Post a Comment