काठमाण्डौ कार्तिक १६ गते । रातो तारा डट कम,स्याङ्जाका फूल व्यवसायी प्रकाश डुम्रेले तिहारको समयमा एकलाखको फूल तथा माला बिक्री गर्नुभएको छ । वालिङ ९ भुम्रेमा झण्डै चार रोपनी जग्गा भाडामा लिएर फूल व्यवसाय गर्दै आएका युवा व्यवसायी डुम्रेले काग तिहारदेखि भाईटीकासम्मको अवधिमा एक लाख आम्दानी हुने गरि फूल बेचेको बताउनुभयो । एउटा मालामा ३० देखि ३४ वटा फूलका थुङ्गा गाँसेर बनाईएको थियो । त्यसको मूल्य ८० राखिएको थियो । फूलको थुङ्गा मात्रै किन्न आउनेलाई दुई रुपैंया थुङ्गा फूल बेचिएकोथियो । हाईब्रिड जातका सयपत्री फूलको ब्यवसायिक उत्पादन गर्दै आउनुभएका डुम्रेले एकपटकमा एउटा बोटबाट तीन देखि चार वटा माला बनाउने गरेको बताउनुभयो । डुम्रेले उत्पादन गरेको फूलका मालाहरु वालिङमै खपत हुने गरेको छ । कम लगानीमा छिटो आम्दानी लिन सकिने भएकाले पनि उत्पादन गर्न सकेको खण्डमा बजारको समस्या नरहेको उहाँले बताउनुभयो ।
Post a Comment