काठमाण्डौ मंसिर ५ गते । रातो तारा डट कम,सरकारले कृषि यान्त्रीकिकरणका लागि योजना अघि सारेको छ । कृषि यान्त्रीकिकरणको सहयोगले किसानलाई सजिलै अन्नबाली लगाउन मद्दत पुग्ने सरकारको विश्वास छ । यान्त्रीकिकरणको प्रयोगबाट किसानको समयको बचत हुने र कम मेहनतमा धेरै उत्पादन गर्न सकिने कृषि तथा पशुपञ्छी विकास मन्त्रालयका सचिव डा.युवकध्वज जिसीले बताउनुभयो । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनामार्फत् विभिन्न ठाउँमा निर्धारण गरिएको पकेट क्षेत्र, जोन, सुपरजोनमा प्रविधिको प्रयोगसँगै यान्त्रीकिकरणको आवश्यकता अनुसार नेपालमा कृषि औजार उद्योगको स्थापनाको काम पनि अघि बढ्ने मन्त्रालयले जनाएको छ ।
Post a Comment