काठमाण्डौ मंसिर ८ गते । रातो तारा डट कम,बंगलादेश विरुद्धको दोस्रो टेष्ट क्रिकेटमा भारत एक इनिङ्स र ४६ रनले विजयी भएको छ । भारतको कोलकत्तामा आज भएको दोस्रो इनिङ्समा बंगलादेश १ सय ९५ रन जोड्दा अलआउट भएपछि भारतले एक इनिङ्समै जित निकालेको हो । योसँगै भारत लगातार चार टेष्टमा खेलमा एक इनिङ्समा जित निकाल्ने पहिलो टिम बनेको छ । यस अघि पहिलो इनिङ्समा बंगलादेशले १ सय ६ रनमा बनाएको थियो । पिंक बल र डे नाइट टेष्टको पहिलो इनिङ्समा बंगलादेशलाई सस्तोमा अलआउट गरेको भारतले आफ्नो इनिङ्समा ३ सय ४७ रन बनाएको थियो ।
Post a Comment