Websoft University

भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न


बिराटनगर कार्तिक १९ गते । रातो तारा डट कम,मंगलबारका दिन प्रमुख अतिथि माननीय सांसद् एवं प्रत्यायोजित व्यवस्थापन समितिका सभापति श्री राम नारायण विडारीज्यूसँग मोरंङ व्यापार संघका अध्यक्ष श्री प्रकाश मुन्दडाज्यूको सभापतित्वमा उद्योगी व्यवसायीहरुले भोगिरहेका कानूनी जटिलताहरुका बारे छलफल कार्यक्रमको आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा संघका निर्वतमान अध्यक्ष श्री पवन कुमार सारडाज्यू, पूर्व अध्यक्ष श्री महेश कुमार जाजूज्यू, समितिका सदस्य माननीय अगम प्रसाद वान्तवाज्यू, समितिका सदस्य माननीय नैनकला ओझाज्यू, समितिका सचिव श्री सुर्दशन खड्काज्यू, समितिका उप–सचिव श्री कमला शाक्यज्यू, यु।एन.डि.पी.का प्रतिनिधि श्री यम बहादुर किशानज्यू, यु।एन।डि.पी.का प्रतिनिधि पारामिता योञ्जनज्यू लगायत कार्यसमिति सदस्यज्यूहरुको उपस्थित रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.