Websoft University

आज बाला चतुर्दशी, पितृ मोक्षका लागि शतबीज छरिदै,


काठमाण्डौ मंसिर ९ गते । रातो तारा डट कम,आज बाला चतुर्दशी, अर्थात् पितृ मोक्षको विश्वाससहित देशभरका शिवालयमा शतबीज छरिएको छ । दिवङ्गत भएकाहरूको सम्झना र उद्धारका निम्ति हिजो मंसिर कृष्ण त्रयोदशीका दिन राति बत्ती बाली जागाराम बसेर भजनकीर्तन गर्ने गरिन्छ । 

हरेक वर्ष मंसिर कृष्ण त्रयोदशीको साँझ बालिने बत्तीले पितृमोक्ष एवं उद्धार हुने धार्मिक विश्वास छ । ठूलो दियो या तामाको मानोमा घीउ या तेल राखेर काँचो धागाको बत्ती बनाउने प्रचलन छ । पृथ्वीलोकमा छरिएको बतबीज पितृहरुको लोकमा अङ्कुरण हुने र यिनै बीजका कारणले पितृहरू कहिल्यै भोकै बस्नु नपर्ने भन्ने मान्यता छ । 

त्रयोदशीको रात जाग्राम बसी भोलिपल्ट ‘ब्राह्म मुहूर्त्’मा दीप नदीमा सेलाई स्नान गरी शिवालयमा शतबीज छर्ने परम्परा छ । विशेषगरी पशुपतिनाथ क्षेत्रमा छरिने शतबीजको विशेष महत्व रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएकोछ । पशुपति वा शिवालयमा गई बत्ती बाल्न अनुकुल नहुनेले घरैमा बत्ती बालेर भोलिपल्ट नदी वा जलाशयमा गई पितृको नाममा बत्ती बगाउने गरिन्छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.