काठमाण्डौ मंसिर ८ गते । रातो तारा डट कम,पश्चिमी न्यूनचापीय वायुको प्रभावका कारण देशभर आंशिकदेखि सामान्य बदली रही हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकोछ । देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा र हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । भोलि देशका मध्य र पूर्वी भू–भागमा सामान्य बदली रही पश्चिमी भू–भागमा आंशिक बदली भई मध्य र पहाडी भू–भागमा एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । उहाँका अनुसार पर्सि देशका मध्य र पूर्वी भू–भागमा सामान्य बदली रही पश्चिमी भू–भागमा आंशिक बदली भई पूर्वी र मध्य पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षा र हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।
Post a Comment