काठमाण्डौ कार्तिक १८ गते । रातो तारा डट कम,नेपाल भ्रमणमा रहेको विश्वकै सबैभन्दा पुरानो मेरिलेबोन क्रिकेट क्लब एमसीसी विरुद्धको एकदिवसीय खेलमा नेपाली १९ वर्षमुनिको राष्ट्रिय क्रिकेट टिम पराजित भएको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा १७ गते भएको खेलमा एमसीसीसँग नेपाली टिम ३८ रनले पराजित भएको हो ।
एमसीसीले दिएको ३ सय ३५ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९६ रन मात्र बनाउन सक्यो । नेपालका हरिबहादुर चौहानले ५२ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । कप्तान रित गौतमले ४५ रन जोड्दा अरुण ऐरीले ३० रन बनाउनुभयो ।
शेर मल्ल २८ रनमा अविजित रहँदा खडकबहादुर बोहराले २६, लोकेश बमले १८ र विशाल विक्रम केसीले १३ रन बनाउनुभयो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एमसीसीले ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ३४ रन बनाएको थियो । एमसीसीका लागि विल रोड्सले ९३ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । मिल्स हामोन्ड र टम वेट्सलीले समान ६५ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो ।
नेपालका सागर ढकाल र शेर मल्लले समान २÷२ विकेट लिनुभयो । कुशल मल्ल र आकाश चन्दले १÷१ विकेट लिनुभयो । अब एमसीसीले भोलि नेपाली राष्ट्रिय टिमसँग एकदिवसीय खेल खेल्नेछ । एकदिवसीयपछि एमसीसीले नेपालसँग टी–ट्वान्टी र फस्ट क्लास क्रिकेट खेल्नेछ ।
Post a Comment