प्रदेश नम्वर १ सरकारको आयोजनामा हुने अन्तरराष्ट्रिय चलचित्र महोत्सव कात्तिक २९ गतेदेखि मङ्सिर २ गतेसम्म धरानमा हुने भएको छ।
‘विविध भाषा संस्कृतिको सम्मान, स्वच्छ सुखी र समुन्नत प्रदेशको पहिचान’ भन्ने नारासहित महोत्सवमा सय जनाभन्दा बढी चर्चित कलाकारहरु, वरिष्ठ कलाकार अभिनेता, अभिनेत्री, निर्माता, निर्देशकहरू चलचित्रकर्मीहरु धरान आउने भएका छन् । मुल आयोजक समितिका अध्यक्ष प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा हिजो धरानमा सम्पन्न बैठकले विरगन्जमा चलचित्र महोत्सव हुने भनिए पनि तयारी नपुगेका कारण २१ गतेदेखि हुने भनिएको महोत्सव कात्तिक २९ गते सारिएको अध्यक्ष कार्कीले बताउनुभयो ।
धरान फिल्म नगरी चलचित्रकर्मी को उर्बरभूमि, धेरै चलचित्रकर्मीहरु उत्पादन गरेकोले पनि महोत्सव धरानमा गरिएको र धरानलाई फोकस गरिएको अध्यक्ष कार्कीको भनाइ छ । प्रदेश १ सरकारको नीति तथा कार्यक्रमअन्तर्गत कार्यक्रममा प्रदेश १ मा रहेर निरन्तर कलाकारिता क्षेत्रमा लागिपरेका कलाकार र प्रदेश १ का कलाकार जो देशबिदेशमा नेपाली चलचित्र क्षेत्रमा अहोरात्र लागिपरेका चलचित्रकर्मी र कलाकारमध्येबाट १५ जनालाई सम्मान गरिने चलचित्र छनोट तथा व्यबस्थापन समितिका संयोजक बिजय सुब्बाले जानकारी दिनुभयो ।
प्रदेश १ भरिका कलाकारहरुमा महोत्सव सफल बनाउनका लागि जिम्मेवारी आएकाले पूर्व तयारीलाई आधार मान्दा महोत्सव सफल हुनेमा ढुक्क रहेको सदस्य सचिव अरुण प्रधानले दाबी गर्नुभयो । महोत्सवमा सांस्कृतिक पहिचान र विविधता झल्कने डकुमेन्ट्री र आर्टिस्टिक चलचित्रहरु निस्शुल्क प्रदर्शन हुनेछ ।
प्रदेश सरकारको आयोजना भनिएकाले पनि कार्यक्रमलाई भव्यरुपमा सफल बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने प्रदेश सरकारका मुख्य सचिव तथा व्यवस्थापन समितिका संयोजक सुरेश अधिकारीले बताउनुभयो । बैठकमा व्यवस्थापन सहयोग समितिका सदस्यसहित उपस्थित कलाकार र चलचित्रकर्मीको उपस्थिति रहेको थियो ।

Post a Comment