काठमाण्डौ कार्तिक १९ गते । रातो तारा डट कम,मुगु जिल्लाको पुर्वी करान भेगमा पर्ने मुगुमकामारोगं गाउँपालिका वडा नं ८ माग्री गाउँबाट सुत्केरी हुन नसकेकि महिलाको उद्दार गरिएको कुरा स्थानिय एफएमले जनाएकोछ । सदरमुकाम गमगढीदेखि पाँच घण्टा टाँढा रहेको विकट मुगुम कार्मारोङ्ग गाँउपालिका वडा नं ८ माँग्रीका ३४ वर्षका कार्मा याङ्गजुम लामालाई सुत्केरी व्याथाले सताएपछि कर्णाली प्रदेश सरकारले हेलिकप्टरबाट उद्दार गरेको हो । आईतबार बेलुकाबाट नै सुत्केरी व्यथा लागेपनि सुत्केरी हुन नसक्दा लामाको स्वास्थ्य अवस्था कमजोर हुँदै गएपछि जिल्ला प्रशासन कार्यालयको पहलमा हेलिकप्टरबाट उद्दार गरिएको जिल्ला प्रशासन कार्यालय मुगुुले जनाएकोछ । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्र्तगत महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्र्तगत कर्णाली प्रदेशको राजधानी सुर्खेतमा नेपाली सेनाको हेलिकप्टर तयारी अवस्थामा रहेको र जिल्ला प्रशासन कार्यालयको सिफारिसमा गर्भवती लामाको उद्धार गरि सुर्खेत पठाईएको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जानकारी दिनु
भयो ।
Post a Comment