Websoft University

त्रियुगा बसपार्क देखी बजारको मूख्य चौकसम्मको जीर्ण भएकै कसरण पैदल यात्री र व्यावसायी समस्यामा पर्दै,


श्याम राइ गाइघाट कार्तिक १७ गते । रातो तारा डट कम, त्रियुगा बसपार्क देखी बजारको मूख्य चौकसम्मको जीर्ण सडकमा बढ्दो सवारी चापको कारण धुलोको मात्रा अत्यधिक हुने गरेको कारण पैदल यात्रु र व्यापारी व्यवसायीहरु बढी समस्यामा पर्ने गरेका छन् ।  

सडक विस्तार सगै भतकाइएका सडक लामो समय देखी कालो पत्रे हुन नसक्दा सडकमा दैनिक रुपमा गुड्ने  सवारी साधन को कारण अत्यधिक मात्रामा धुलो उडेर बजार क्षेत्र पूरै  प्रदुषित बन्न गएको छ । धुलोको कारण उक्त क्षेत्रको व्यापार व्यावसायमा कमी आउनुको साथै व्यापारीहरुमा स्वास प्रस्वासको समस्या देखा पर्न थालेको  छ । ‘धुलो उडेर  दिउसो बस्नै सकीदैन ।  पसल बन्द गरेर बस्नु परेको छ । ’ 

स्थानिय व्यापारी लाल प्रसाद शाहले भने धुलो धेरै उड्ने  हुदा पसलमा आउने ग्राहकहरु क्रमीक रुपमा घट्दै गएको  उनको  भनाइ छ । ‘धुलो कै कारण हाम्रो पसलमा आउने ग्राहकहरु अन्तै  जान  थालेका छन् ।’  उनले भने । ‘व्यापार चल्ने दिउसो को समयमा धुलो उडेर  बस्नै गार्हो हुने साहले बताए । 
पैदल यात्रीहरुलाई समेत धुलोको कारण हिड्नै गाह्रो  भएको छ । मुख्य बजार देखी केही तल झण्डै  २ सय  मिटर  दक्षिण तर्फ रहेको वसपार्क  सम्म पुग्दा पैदल यात्रीहरु धुलोले पुरीएर चिन्नै गाह्रो हुने गरेको छ । 

व्यापारी र स्थानिय बासीन्दाले पटक,पटक नगरपालीका लाई धुलोको कारण समस्यामा परेको  भन्दै  तत्काल बाटो निर्माणको काम अघि  बढाइ दिन  अनुरोध  गर्दा सम्म कुनै  सुनुवाइ हुन सकेको छैन ।   धूलो नियन्त्रणको  लागी केही दिन  सम्म नगरपालीकाले धुलोको कारण  सडकमा पानि छर्किने  काम गरेको भए पनि अहिले फेर िपानी छर्कन बन्द गरेको छ । सडक निर्माण मा हेलचेक्राई गर्दा अहिले  स्थानिय बासीन्दाहरु धुलो बाट आक्रान्त  बनेका छन् ।  

सडक निर्माणको जिम्मा पाएको  सूर्य कन्स्ट्रक्सन प्रा.ली. का ठेकेदारले पटक पटक म्याद थप्दै  काम नगरेको  कारण सडक कालोपत्रे हुन नसकेको हो  ।  ठेकेदारले  तोकिएको  समय भन्दा झन्डै एक वर्ष ढिलो भइसकेको छ । तर सडक आयोजना ले ठेकेदार  लाइ पटक पटक म्याद थप्दै आएको
छ ।  निर्धारित समय सकीएर चार पटक म्याद थप गर्दा पनि ठेकेदार ले पुरानो सडक भत्काएर नाला मात्र बनाउने काम गरेको छ ।  सडक नबनेकै कारण  अहिले स्थानिय बासीन्दा धुलोको चपेटामा पर्न  गएका छन् । 

गाइघाट दिक्तेल सडक आयोजनाले लगाएको उक्त सडक निर्माणको ठेक्का रद्ध गर्न पनि समस्या भएको आयोजना प्रमुख डिई पशुपति ज्ञवालीले बताए । ‘ विचमै संझौता रद्ध  गर्न  तथा ठेक्का लगाउन झनै समस्या हुन्छ । ’  उनले भने‘ हामीले ठेकेदार लाई पटकपटक लिखीत तथा मौखीक रुममा काम अघि बढाउन भनेका छौँ । ’ डीइ  ज्ञवालीले भने । ठेकेदार लाई काम तत्काल शुरु नगरे कालो सुचीमा  राखेर  कार्यवाही गर्छु  भनेपछि उस्ले छठ  पर्व पछि  काम शुरु गर्ने  प्रतिवद्धता उनले  बताए ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.