काठमाण्डौ मंसिर ८ गते । रातो तारा डट कम,पर्वत जिल्लाको मुख्य निर्यातजन्य वस्तुको रूपमा रहेको सुन्तलाको उत्पादन यसवर्ष सात प्रतिशतले वृद्धि हुने भएको छ । जिल्लामा गत वर्ष ३ हजार ४ सय मेट्रिक टन सुन्तला उत्पादन भएकोमा यस वर्ष सात प्रतिशत बढीले वृद्धि हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।
केन्द्रका अनुसार यो वर्ष झण्डै तीन हजार ६ सय ५० मेट्रिक टन सुन्तला उत्पादन हुने भएको छ । यसवर्ष अनुकूल मौसम, रोग किराको प्रकोप कम र असिनापानी लगायतबाट कुनै क्षति नभएकाले सुन्तला उत्पादन बढ्ने देखिएको केन्द्रका प्रमुख वासुदेव रेग्मीले जानकारी दिनुभयो । जिल्लामा केही वर्षदेखि सुन्तला उत्पादन निरन्तर बढ्दै गएको छ ।
गत वर्ष पनि अघिल्लो वर्षको तुलनामा चार प्रतिशतले सुन्तलाको उत्पादन वृद्धि भएको थियो । पर्वतमा ७ सय ७० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत पर्वतको जलजला क्षेत्र र मोदी गाउँपालिकाका विभिन्न वडालाई सुन्तला क्षेत्रको रूपमा विकास गरिएको छ ।
Post a Comment