विराटनगर, मंसिर ६ गते । रातो तारा डट कम, विराटनगर–१२ स्थित होलिल्याण्ड बोर्डिङ स्कुलका विद्यार्थीहरुले विराटेश्वर वृद्धाश्रमका ज्येष्ठ नागरिकहरुलाई फलफूल वितरण गरेका छन् । विद्यार्थीहरुले खाजा खर्च कटाएर बचत गरेको पैसाबाट वृद्धाश्रमका ज्येष्ठ नागरिकह?लाई फलफूल वितरण गरेका हुन् ।
अध्ययनसँगै विद्यार्थीलाई समाजप्रति उत्तरदायी बनाउने उद्देश्यले फलपूmल वितरण कार्यक्रम राखिएको विद्यालयका अध्यक्ष प्राध्यापक डाक्टर टुनराज भट्टराईले जानकारी दिए । भट्टराईले ज्येष्ठ नागरिकलाई फलफूल वितरण गरेर कार्यक्रमको शुभारम्भ गरे । त्यसपछि विद्यार्थीहरुले पालैपालो वितरण गरेका थिए
कक्षा–९ र १० मा अध्ययनरत विद्यार्थीले खाजा खर्चबाट जोगाएको करिब ४ हजार मूल्य बराबरको फलफूल वितरण गरिएको उनले बताए । अध्यक्ष भट्टराईसहित शिक्षक र विद्यार्थीहरुले फलफूल बाँडेका थिए । यसअघि पनि सो विद्यालयका विद्यार्थीहरुले वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई भोज गराएका थिए ।
Post a Comment