काठमाण्डौ कार्तिक १५ गते । रातो तारा डट कम,कुखुराको अन्डा बेचेर एक महिलाले महिनामा ५० हजार आम्दानी गर्न थालेकि छन् । आफ्नै फर्मबाट उत्पादन गरेको कुखुराको अण्डा विक्रि गरेर मासिक ५० हजार आम्दानी गर्न थालेकि हुन् । जाजरकोटको भेरी नगरपालिका, ४ बाहुनबाराकी योगमाया कार्कीले फर्मबाटै मासिक ५० हजारको कुखुराका अण्डा विक्रि गर्ने गरेकि छन् ।
२०७२ साल देखि व्यवसायीक कुखुरापालन थालेकी कार्कीलाई आजभोलि दिनभर कुखुरको फर्म हेरचाह गर्नमै भ्याई नभ्याई हुने गरेको छ । कार्कीले २ लाख लगानी गरेर ४ सय बोइलरका चल्ला खरिद गरि व्यवसायीक कुखुरा पालन थालेकी हुन । मिलन एण्ड मेलिना कुखुरा फर्म खोलेर व्यवसायीक कुखुरा पालन थालेकी कार्कीले यसैको आम्दानीबाटै छोरा मिलनलाई वि.एस.सी पढाइ रहेकी छन भने, छोरी मेलिनालाई पनि वि.वि.एस. पढाइरहेकी छन । कुखुरा पालन व्यवसायमा कार्कीलाई भेरी नगरपालिकाले खोर बनाउन २०७५ सालमा १ लाख सहयोग गरेको थियो ।
नगरपालिकाबाट पाएको अनुदानले कुखुरा पादन गर्ने व्यवसायमा उनलाई थप हौसला मिलेको छ । हाल कार्कीले बोइलर मात्रै हैन, ३ लाख लगानी गरेर अण्डा उत्पादको लागि उन्नत जातका लेस पनि पाल्न थालेकी छन । आफ्नो व्यवसाय सानो भएको र बजारमा कुखुराको मासु र अण्डाको माग धेरै भएकोले बजारको कुनै चिन्ता नभएको उनको भनाई छ ।
दैनिक एक दर्जन बढि अण्डाका क्यारेट बजारमा पठाउने गरेको योगमायाको भनाईछ । अण्डाको एउटा क्यारेटलाई ३ सय ३० ले बजारमा विक्रि गर्ने गरेको बताउछिन । अण्डा र कुखुरा विक्रिबाटै महिनामा ५० हजार बढि आम्दानी हुने गरेको उनको भनाई छ ।
Post a Comment