Websoft University

सुरक्षा सामाजिक उद्यमी महिला सहकारी संस्थामा दुर्गा देवी भट्टराई अध्यक्ष


शिव भट्टराई,मोरङ । रातो तारा डट कम,मोरङको सुन्दरहरैचा वाड न ६ मा रहेको सुरक्षा सामाजिक उद्यमी महिला सहकारी संस्थाले आफ्नु नवौं चुनाबी साधारण सभा सप्पन्न गरेको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुन्दर हरैचा का मेयर शिव प्रसाद ढकालले आज भएको साधारण सभाको चुनाव निकै विवादित भएकाले सहकारीमा चुनाव मार्फत नभई सहकार्य गरेर सहमतिमा अगाडि बढ्नु पर्ने बताउनु भयो।

त्यसैगरी कार्यक्रममा वार्ड नं ३ का वार्ड अध्यक्ष जीवन ढुंगाना, वार्ड नं ४ का शैलेन्द्र श्रेष्ठ, वार्ड नं ७ का वार्ड अध्यक्ष चैतन्य प्रसाद सिटौला लगायत जनप्रतिनिधि साथै विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

साजिलाल मा वि को प्राङ्गणमा भएको कार्यक्रम मा सस्थाका अध्यक्ष बाल कुमारी सिटौलाको सभापतित्व रहेको थियो।संस्थाले कार्यक्रममा आफ्नो जेष्ठ  सेयर सदस्य, असल ऋण कारोबार गर्ने साथै यस वर्ष संस्थामा अधिक मात्रामा नियमित दूध विक्री गर्ने संस्थाका सेयर सदस्य, मासिक बचत नियमित कारोबार गर्नेलाई  सम्मान साथै पुरस्कार वितरण गरेको थियो।

कार्यक्रममा संस्थाले आजै निर्वाचन समितिका संयोजक प्रदीप लम्साल साथै दुई सदस्यहरु सहित ३ सदसिय निर्वाचन समितिले नयाँ कार्य समिती चयन गरेको थियो।शनिबार चयन भएको कार्य समितीमा अध्यक्षमा दुर्गा देवी भट्टराई, सचिवमा भगवती पराजुली, कोशाध्यक्षमा तुलसा घिमिरे यस्तै सदस्यहरुमा कल्पना राई ,विना चौधरी, इन्द्र माया खत्री,विद्या चापागाईं, सीता अधिकारी, रमा शर्मा भट्ट चयन भएका थिए यस्तै लेखा समितीमा सम्योजक गोमा कटुवाल र सदस्यमा रमा न्यौपाने र रोहिणी भण्डारी चयन भएका थिए।सो चुनावमा उपाध्यक्ष भने आगामी साधारण सभामा चयन गर्ने संस्थाले जनाएको छ।कार्यक्रम को सञ्चालन संस्थाकी सचिव दुर्गा देवी भट्टराईले गरेकी थिइन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.