काठमाण्डौ मंसिर ५ गते । रातो तारा डट कम,रौतहटका किसानले सख्खर उद्योगमा उखु दिन थालेका छन् । खेतमा उखु तयारी भएपछि तुरुन्त भुक्तानीका लागि किसानले सख्खर उद्योगलाई उखु दिन सुरु गरेका हुन ।
गढिमाई नगरपालिका वडा नं. २ मा रहेका सुसान्त सख्खर उद्योगमा अहिले दैनिक ३ सय क्विन्टल उखु क्रसिङ्ग हुने गरेको छ ।
उखु क्रसिङ्ग गरेर दैनिक ५ क्विन्टल सख्खर उत्पादन हुने गरेको उद्योगका सञ्चालक शिवमंगल दासले बताउनुभयो । किसानबाट प्रति क्विन्टल २ सयका दरले उखु खरिद गर्ने गरेको उहाँको भनाई रहेको छ ।
समयमा भुक्तानीका लागि किसानले उखु विक्रिका लागि ल्याउने गरेको सख्खर उद्योगका सञ्चालकहरु बताउछन् । चिनी मिलले समयमा भुक्तानी नदिएपछि सख्खर उद्योगलाई उखु विक्रि गर्न थालेको उखु किसान रामवचन साहले बताउनुभयो ।
Post a Comment