पोखरा कार्तिक २० गते । रातो तारा डट कम,पोखराका मुख्य बजार केन्द्रहरुमा फुटपाथलाई अतिक्रमण गरी व्यापार, व्यवसाय गरेको बिभिन्न व्याक्तिहरु पाइएपछि त्यसलाई हटाउन पोखरा महानगरपालिकाले ७ दिने अल्टिमेटम दिएको छ ।
विशेष गरी पोखराको महेन्द्रपुल, पालिखेचोक, चिप्लेढुंगा,सिद्धार्थचोक,न्युरोड, पृथ्वीचोक, सिर्जनाचोक, बिरौटा, बगर लगायतका बजार क्षेत्रमा व्यापार व्यवसाय गर्नेहरुले फुटपाथ अतिक्रमण गरेको पाइएपछि त्यसलाई हटाउन महानगरले सात दिने अल्टिमेट दिएको हो । महानगरले यस्तो सुचना जारी गरेपछि बिरोध समेत हुन थालेको छ ।
Post a Comment