पाँचथर, कार्तिक १६ गते । रातो तारा डट कम,पाँचथरको फालेलुङ गाउँपालिका-४ मेमेङमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती घाईते भएकी छिन् । शुक्रबार राती ११ बजेको समयमा बर्ष अंदाजी ७० को मोहन बहादुर थाम्सुहाङले आफ्नै श्रीमती बर्ष अंदाजी ६७ की फुलमाया थाम्सुहाङ लाई घरायसी बिबाद हुदा धारीलो हतीयार खुकुरी प्रहार गरेका थिए । घटनाबारे १६ गते राती साढे १ बजेको समयमा ईलाका प्रहरी कार्यालय मेमेङ पाँचथरमा जानकारी गराउनासाथ घटनास्थलमा खटिएको प्रहरीको टोलीले घाईतेलाई उद्दार गरी उपचारकोलागी जिल्ला अस्पताल फिदीम पाँचथर तर्फ लगेको छ भने खुकुरी प्रहार गर्ने श्रीमानलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पाँचथर तर्फ ल्याउदै गरेको उक्त कार्यालयले जनाएको छ ।
Post a Comment