
नेपाली काँग्रेसले मकालु गाउँपालीकाको अध्यक्षमा बिमान पराजुलीलाई अघि सारेको छ, भने नेकपाले तेजबहादुर पोख्रेललाई सर्वसम्मत रुपले उम्मेदवारका रुपमा उभ्याएको छ । नेकपाले गत शुक्रवार नै एक कार्यक्रमको आयोजना गरि अध्यक्षमा तेजबहादुर पोख्रेल र नेपाली काँग्रेसले शनिवार घोषणा सभा मार्फत गाउँपालीका अध्यक्षमा बिमान पराजुलीलाई उम्मेदवारको रुपमा सार्वजनिक गरेको हो ।
यसैगरि मंशिर १४ हुने उपनिर्वाचनमा खाँदबारी नगरपालीका वडा नं. ३ को वडाध्यक्ष पदका लागि पनि दुवै दलहरुले आ–आफ्ना उम्मेदवारको नाम यस अघि नै सार्वजनिक गरिसकेका छन् । नेकपाका तर्फबाट वडा नं. ३ का लागि भरत कुमार घिमिरे र नेपाली काँग्रेसका तर्फबाट बिक्रम गुरुङ्ग अध्यक्षको उम्मेदवारका रुपमा उभिएका छन् ।
मंशिर १४ गते संखुवासभाको मकालु गाउँपालीकाको अध्यक्ष पद र खाँदबारी नगरपालीका वडा नं. ३ मा हुने निर्वाचन आफ्नो पक्षमा पार्न दलहरु बिच तिव्र प्रतिश्पर्धा हुने देखिएको छ ।
Post a Comment