Websoft University

प्रधानमन्त्री ओलीले नयाँ मन्त्रीहरुलाइ अहिले निर्देशन दिँदै



काठमाण्डौ मंसिर ५ गते । रातो तारा डट कम,मन्त्रिपरिषद् पुनर्गठनपछि नियुक्त नयाँ मन्त्रीलाई सरकारको कामकारबाहीका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिनुहुनेभएको छ । अहिले बालुवाटारमा नवनियुक्त मन्त्रीलाई निर्शेशनको कार्यक्रम राखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । 

नव नियुक्त मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएर पदभार ग्रहण गरिसकेका छन् । सरकार गठन भएको २१ महिनापछि नौ मन्त्री हेरफेर गरिएका छन् । हृदयेश त्रिपाठी, घनश्याम भूसाल, रामेश्वर राय यादव, लेखराज भट्ट, बसन्त नेम्वाङ र पार्वत गुरुङ नयाँ मन्त्री बन्नुभएको छ । त्रिपाठीलाई सामान्य प्रशासन, भूसाल कृषि, यादव श्रम, भट्ट उद्योग, नेम्वाङ भौतिक पूर्वाधार र गुरुङ महिला मन्त्री नियुक्त हुनुभएको हो । 

उद्योग राज्य मन्त्री मोतीलाल दुगड, स्वास्थ्य राज्य मन्त्री नवराज राउत र सहरी विकास राज्यमन्त्री रामबीर मानन्धर नियुक्त हुनुभएको छ । हिजो आठ मन्त्री बर्खास्त गरी नयाँ मन्त्री नियुक्त गरिएको होमन्त्री लालबाबु पण्डित, गोकर्ण बिष्ट, चक्रपाणि खनाल, मातृका यादव, रघुबीर महासेठ र थममाया थापालाई बर्खास्त गरिएको छ भने राज्यमन्त्री धनबहादुर बुढा र रामकुमारी चौधरीसमेत हटाइएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.