Websoft University

लागुऔषध गाजा सहित २ जना पक्राउ

झापा, कार्तिक १९ गते । रातो तारा डट कम,झापाको गौरिगञ्ज गाउँपालिका-३ बाट लागुऔषध गाजा सहित २ जना पक्राउ परेका छन् । गौरिगञ्ज -३ का ५७ बर्षीय देव नारायण महतो र गौरिगञ्ज -४ का ५० बर्षीय बुदलाल राजवंशीले घरबाट नै लागुऔषध गाजाको बेचबिखन गर्ने गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गौरिगञ्जबाट खटिएको प्रहरी टोलीले दुवैजनालाई घरबाट नै पक्राउ गरेको हो । पक्राउ परेका महतोको घरबाट प्रहरीले ५ सय ग्राम गाजा र नगद १ हजार ३ सय ५० बरामद गरेको छ भने राजवंशीको घरबाट २ किलो १२५ ग्राम गाजा तथा नगद ६०० बरामद गरेको छ । लागुऔषध सहित पक्राउ परेका दुवैजनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.