Websoft University

प्रधानमन्त्रीले आफू स्वस्थ रहेको प्रतिक्रिया दिनुभयो


काठमाण्डौ कार्तिक १५ गते । रातो तारा डट कम,प्रधानमन्त्री केपी शर्मा ओली दुई दिन अस्पतालको बसाइपछि हिजो साँझ बालुवाटार फर्किनुभएको कुरा सचिवालयले जनाएकोछ । दुईदिन लगातार मिर्गाैलाको डायलासिस गरेर प्रधानमन्त्री हिजो साँझ बालुवाटार फर्किनुभएको हो । 

अस्पतालबाट बाहिरिने क्रममा  प्रधानमन्त्रीले आफू स्वस्थ रहेको प्रतिक्रिया दिनुभएकोथियो । प्रधानमन्त्री ओलीलाई चिकित्सकहरुले बालुवाटारमै उच्च सतर्कर्तासहित सेवा दिनेगरी ग्राण्डी इन्टरनेशनल अस्पतालबाट डिस्चार्ज गरेका हुन् । लामो समय अस्पताल बस्दा सन्देश नराम्रो जान सक्ने भन्दै प्रधानमन्त्री आफैले डिस्चार्ज हुन हतार गर्नुभएको बताइएको छ ।

चिकित्सकहरुका अनुसार यस्तो समस्या देखिदा अब कि त नियमित मिर्गौलाको डायालसिस गर्नुपर्ने हुन्छ । या त अब मृगौला प्रत्यारोपण गर्नुपर्ने हुन्छ । संक्रमणको उच्च जोखिम हुने भएकाले अब धेरै मान्छे सहभागी हुने कार्यक्रममा सहभागी नहुन  चिकित्सकहरुले सुझाव दिएका छन् । 

प्रधानमन्त्रीको उपचारमा संलग्न निजि चिकित्सक डा.दिव्य सिह शाह र ग्राण्डीका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले सामान्य उपचार भएको भन्दैआएपनि मिडियामा सबै विषय आएपछि विहिबारसाँझ मात्रै अस्पतालले डायलासिस गरेको खुलाएको हो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.