बिराटनगर कार्तिक १८ गते । रातो तारा डट कम, मोरङ कटहरी गा.पा १ स्थित सिंघीया खोलाको पुर्वमा रहेको खुल्ला मैदानमा छठ पुजाको अवसरमा स्थानीय एक युवा क्लबले आयोजना गरेको‘साँस्कृतिक साँझ तथा नृत्य कार्यक्रममा अन्दाजी १९,४५ बजेको समयमा केही उछ्रिङ्खल व्यक्तिहरूद्वारा ढुंगा प्रहार भएको, उक्त स्थानमा परिचालित प्रहरी टोलिले उक्त दर्शक दीर्घामा उपस्थित रहेको ढुंगा हान्ने व्यक्तिको पहिचान गर्ने क्रममा तत्काल सो स्थानमा रहेका केही व्यक्तिहरूलाई शंका लागिलनिजहरूको शरीरको खानतलासी समेत गरिएको थियो ।
सोहिक्रममा भिडमा रहेको एक व्यक्तिको शरीर खानतलासी गर्ने क्रममा हतियार तथा गोलि भेटिएकोले तत्काल निजलाई नियन्त्रणमा लिई प्रहरी कार्यालय तर्फ लगिएको, र आयोजकसंग समन्वय गरी तत्काल उक्त कार्यक्रम समापन गरिएको, उक्त व्यक्ति जिल्ला मोरङ, कटहरी गा.पा २ वस्ने निज वर्ष २३ को सुरज कुमार भन्ने विक्की कुमार भगत भन्ने खुलेको र निजको साथवाट अटोमेटिक पेस्तोल थान १, सो मा लाग्ने म्यागजिन थान २ र उक्त म्याग्जिनहरूमध्य पेस्तोलमा रहेको म्यागजिनमा लोड भएको अवस्थामा १ राउण्ड गोलि, सीमकार्ड ५ वटा, ट्याब्लेड १ वटा समेत बरामद भएको,थियो ।
निजलाई कार्तिक १७ गते सम्मानित जिल्ला अदालतवाट म्याद लिई मुलुकी फौजदारी अपराध ऐन २०७४ बमोजिम आवश्यक अनुसन्धान भैरहेको, निज विक्कीले प्रारम्भिक अनुसन्धानको क्रममा उक्त हतियार तथा गोलि मुकेश कुमार मण्डलबाट प्राप्त गरेको भनी खुलाए अनुसार जिप्रका मोरङबाट खटिएको प्रहरी टोलिले जिल्ला मोरङ धनपालथान गा.पा ७ कदमहा वस्ने वर्ष २८ को मुकेश कुमार मण्डललाई मिति २०७६ कार्तिक १७ गते बिराटनगर मनपा ७ जलजला चोक नजिकबाट पक्राउ गरीएको ।
निज विक्कीलाई पनि सम्मानित जिल्ला अदालतवाट म्याद लिई मुलुकी फौजदारी अपराध ऐन २०७४ बमोजिम आवश्यक अनुसन्धान भैरहेको,पक्राउमा परेका बिक्की कुमार विगत २ वर्ष देखि निज विराटनगरमै रहेको एक कपडा पसलमा रोजगारी गर्ने तथा मुकेश कुमार उदयपुर जिल्लाको रामपुर ठोक्सिलास्थित एक लघुवित्तीय संस्थामा फिल्ड सहायकको रूपमा कार्यरत रहेको र हाल छठ पर्वको मनाउन विदामा रहेको खुलेको छ ।
निजहरू अवैध हात हतियारको कारोवार गर्ने केही भारतीय तथा नेपाली नागरिकहरूसंग विगत केही समयदेखि सम्वन्ध स्थापित गर्दै आएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ । निजहरू अन्य अपराधिक क्रियाकलापमा समेत संलग्न हुन सक्नेतर्फ यस कार्यालयबाट विस्तृत अनुसन्धान भैरहेको छ ।
Post a Comment