Websoft University

श्रम स्वीकृति बिनै मलेसिया रोजगारी लागेकाहरुको स्वास्थ्य परिक्षण हुदै,स्वीकृती बिना स्वास्थ्य परिक्षण गर्ने सस्थालाई बिभागले कारवाही गर्ने


काठमाण्डौ कार्तिक २० गते । रातो तारा डट कम,मलेसिया रोजगारीका लागि जानलागेका युवाहरुले स्वास्थ्य परिक्षण गर्न स्वीकृती पाएका स्वास्थ्य संस्थाले पैसाको लोभमा मनपरि गरेको पाइएकोछ  । श्रम कार्यालय काठमाण्डौबाट दुई हजार श्रमीकले पूर्व श्रम स्वीकृती लिएपनि एकलाख भन्दा बढीले स्वास्थ्य परिक्षण गरिसकेको बैदेशिक रोजगार विभागले जनाकारी गराएको छ । 

पूर्व श्रम स्वीकृती बमोजिम विज्ञापन गरेर छनोट प्रक्रिया पूरा नगरी स्वास्थ्य संस्थाले श्रमीकको स्वास्थ्य परिक्षण गराउने संस्था विरुद्ध विभागमा उजुरी आए कारवाही गर्ने विभागले जनाएकोछ । कुनै पनि व्यक्ति वा संस्थालाई त्यस्ता गैरकानुनी काम नगर्न र नगराउन विभागले सार्वजनिक सूचना मार्फत् आग्रह गरिसकेको विभागका निर्देशक एवम् सूचना अधिकारी भोलानाथ गुरागाइले बताएका छन । 

वैदेशिक रोजगारीमा जानका लागि विज्ञापन गरेर छनोट प्रक्रिया पूरा भएपछि मात्र श्रमिकको स्वास्थ्य परिक्षण गरिनुपर्ने कानुनी व्यवस्था छ । स्वास्थ्य परिक्षण शुल्क चार हजार पाँचसय रुपैयाँबाट बढेर सात हजार ६ सय ६४ रुपैयाँ पुगेको छ । गतवर्ष कात्तिक १२ गते मलेसिया र नेपालबीच भएको श्रम सहमति अनुसार स्वास्थ्य परिक्षण गर्दा लाग्ने लागत तत्कालका लागि कामदारले बेहोर्ने र मलेसिया पुगेपछि रोजगारदाताले पहिलो महिनाको तलबमा खर्च फिर्ता गरिदिने व्यवस्था गरिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.