Websoft University

गैडा छाप सिमेन्टको फेरी मूल्य घट्यो


श्याम राइ,जलजले उदयपुर मंसीर ५ गते । रातो तारा डट कम,उदयपुर सिमेन्ट उद्योगबाट उत्पादित गैडा छाप सिमेन्टको फेरी मूल्य घटेको छ । उद्योग व्यवस्थापन समितीको काठमाण्डौमा मंगलबार बसेको वैठकले प्रतीबोरा ३० रुपैया मूल्य घटाउने निर्णय गरेकोहो । यस अघि द्धारमूल्य ७ सय ७५ रुपैया रहेको गैडा छाप सिमेन्टको नया मूल्य ७ सय ४५ रुपैया कायम गरीएको छ ।

उद्योगमा पर्याप्त गैडा छाप सिमेन्ट रहे पनी विक्रं्रीमा कमी आएपछि नीजी सिमेन्ट सग प्रतिस्पर्धाको लागि भन्दै उदयपुर सिमेन्ट ले मूल्य घटााएको हो । उद्योगले यो वर्ष मात्र ४ पटक मूल्य घटाएको छ । पीक सिजनमा उद्योगले आफ्नो डिलर लाइ माग बमोजीम सिमेन्ट उपलब्ध गराउृन नसक्दा अहिले डिलरहरु ले गैडा छाप सिमेन्ट नै विक्री गर्न छाडेर निजी सिमेन्ट धमाधम विक्री गर्दै आइरहेका छन् । 

कूनैवेला गैडा छाप सिमेन्ट विक्रीको लागी देशभरी २२ सय भन्दा बढी डिलर रहेकोमा अहिले यो संख्या झरेर २०, २५ वटामा सिमीत भएको छ । समयमा आफूले मागे बमाृजीम सिमेन्ट नपाए पछि धेरै डिलरह?ले आफ्नो घरौटी रकम फिर्ता लिदै सिमेन्टको डिलर छाडेका हुन. । नीजी क्षेत्रबाट उत्पादीत सिमेन्ट उद्योगले विक्रेताहरुलाइ उद्यारोमा सिमेन्ट उपलब्ध गराउनु र राम्रो कमीसन दिनुले पनि गैडा छाप सिमेन्ट विक्री मा डिलरले ध्यान दिन छाडेको स्वयम विक्रेताह? बताउछन् । 

स्थानिय एक डिलर अन्य सिमेन्ट उद्यो गले जती मागेपनी उधारोमा सिमेन्ट दिने र कमीसन राम्रो पाइने हुदा गैडा छाप सिमेन्ट विक्री गर्न छाडेको बताउछन् । ‘भनेको बेला गैडा छाप सिमेन्ट उपलब्ध हुदैन । उपभोक्ताहरु गैडा छाप सिमेन्ट नै चाहीयो भनेर आउछन् । तर लामो समय उनीहरुलाइ गैडा छाप सिमेन्ट दिन सकिदैन ।’ स्थानिय एक अधिकृत विक्रेताले भने र चाहीएको बेला गैडा छाप सिमेन्ट नपाए पछि उनीहरु बाध्य भएर अर्काे ब्राण्डका सिमेन्ट नै किनेर लाने गरेका छन् ।’ ती अधिकृत विक्रेताले भने हामीले पनि सिजनमा उदयपुर सिमेन्ट नपाएपछि अर्को ब्राण्डका सिमेन्ट ल्याएर विक्री गर्दे आइरहेका छौ । 

नाम उल्लेख नगरी दिने शर्तमा ती डिलर ले भने । अहिले उद्योगमा पर्यात सिमेन्ट छ । तर पनि हामीले गैडा छाप सिमेन्ट नराखेर अरु सिमेन्ट धमाधम विक्री गरीरहेका छौ । ’ उनले भने । ‘स्थानिय डिलर कसैले पनि अहिले गैडा सिमेन्ट राखेका छैेनन् सवैको गोदाम अरु व्राण्ड का सिमेन्टले भरी भरीभराउ छ । ती डिलर ले भने । उनले सिमेन्ट बढी विक्री हुने पीक सिजनमा गैडा छाप सिमेन्टको अभाव हुदा अहिले बजारमा उदयपुर सिमेन्टको बजार पुरै खस्कीदेै गएको बताए ।

सिमेन्ट विक्री ठप्पः रकम अभावमा विजुलीको विल तिर्न समस्या ः यतीखेर उद्योगको गोदाममा पर्याप्त सिमेन्ट रहेपनी विक्री ह्वात्तै घटेको छ । दैनिक मुस्कीलले १०१२ गाडी भन्दा वढी सिमेन्ट विक्री हुन सकेको छैन । सिमेन्ट विक्री नहुदा उद्योगको आम्दानी मा ठूलो असर परेकोछ । उद्योगमा पर्याप्त पैसा नहुदा कर्मचारीह?ले समयमा तलव भत्ता पाउन सकेका छैनन् ।

कार्तिक महिना मा १ करोड भन्दा बढी उठेको विद्युत महसुल मंसीर लाग्दा समेत उद्योगले प्राधिकरणलाई बुझाएको छैन । कार्तिक महिना भित्र उक्त रकम बुझाउदा ३ प्रतिशत छुट पाउने भएपनी रकम अभावले उक्त विद्युत महसुल बुझाउन नसकिएको उद्योग को लेखा शाखाले जनाएको छ । विगत एक वर्ष देखी उद्योगले नियमीत रुपमा समय भित्रै विद्युत महसुल बुझाउन नसकेको उद्योगमा कायरत एक कर्मचारलिे नाम उल्लेख नगरीदिने शर्तमा भने । निर्धारीत समय भित्र विद्युत महसुल नबुझाउदा उद्योग लाइ झण्डै ४०,५० लाख रुपैया घाटा भएको ती कर्मचारीले बताए ।


निमीत्तको भरमा उद्योग ः रकम दुरुरुपयोग पूर्व महाप्रवन्धक सुरेन्द्र पौडेल आयल निगम गएपछि विगत एक वर्ष देखी उदयपुर सिमेन्ट उद्योग निमीत्त को भरमा चलेको छ । निमीत्त महाप्रबन्धक नोवल किशोर शाहले उद्योगलाइ चाहीने भन्दा नचाहिने सामान किनेर उद्योगलाई आर्थिक बोझमा पारेका छन् । स्वयम् कर्मचारीहरु शाहले चाहीने भन्दा नचाहीने सामान किनेर भण्डारण गरीरहेको आरोप लगाउछन् । उद्योगका एक कर्मचारी भन्छन् । उनले स्टोरमा पर्याप्त जगेडा रहेको सामान समेत किनेर स्टोरमा थुपारेको छन् ।

राम्रो कमीसन पाइने र निमीत्त महाप्रबन्धकबाट हटेपछि आफूले मनखुसी सामान किन्न नपाउने हुदा शाहले उद्योगलाइ तत्काल आवश्यक नरहेको धेरै सामान किनेर थुपारेको ती कर्मचारीिको भनाइ छ । उनले खस्कदै गएको उद्योगको साख उकास्नुको साटो नचाहीदो सामान खरीद गर्नमै शाह मरीहत्ते गरेर लागी परेकोबताए ।‘ उदयपुर सिमेन्टको व्यवस्थीत बजारीकरण कसरी गर्ने भन्नेमा कसैले चासो देखाएको छैन् । उद्योेग दिन प्रती दिन खस्कदेै गइरहेको छ । तर कसैलाइ मतलव छैन । ’

उद्योगका पूर्व अधिकृत हिरा कुमार श्रेष्ठले भने । केही वर्ष अघि सम्म स्थानिय बजारमा गैेडा छापसिमेन्टको एक छत्र राज थियो । तर अहिले उत्पादन गर्ने ठाउमै गैडा छाप सिमेन्टको विक्री छैन । ’ श्रेष्ठले भने । ‘यस्तो अवस्था आउदा समेत व्यवस्थापन समीती बाट कूनै काम हुन सकेको छैन । ’ उनले यस्तै अवस्था रहीरहे उदयपुर सिमेन्ट कूनै पनि वेला बन्द हुन सक्ने बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.