Websoft University

ताला बन्दी गरेर नगरपालिकाको काम ठप्प पारे


काठमाण्डौ कार्तिक २० गते । रातो तारा डट कम,रौतहटको रेल्वे स्टेशन लाइनमा परेको जग्गाको मुआब्जाको उचित मु्ल्याकङन नभएको भन्दै  रौतहटको चन्द्रपुर नगरपालिकाको कार्यालयमा स्थानीयले तालाबन्दि गरेका छन् । रेल्वे स्टेशन लाईनमा जमिन परेको रौतहटको चन्द्रपुर नगरपालिका–८ का बासिन्दाले नगरपालिकाको कार्यालयमा तालाबन्दि गरेका हुन । तालाबन्दिको कारण नगरपालिकाको काम ठप्प भएको छ भने कर्मचारी बाहिर बस्न बाध्य भएका छन । सरकारी मुल्याङन भन्दा पनि कम मुल्य कायम गरि सुकुम्बासी बनाउन खोजेको भन्दै पीडित जग्गाधनीहरु आन्दोलनमा उत्रिएका छन् । सरकारी कार्यालयमा तालाबन्दि हुदा प्रहरी भने मुकदर्शक बनेका छन् । जग्गाधनीको माग समयमै सम्बोधन गरी रेल्वे लाईनको काम हुनु पर्ने उनीहरुको माग छ । रेल्वे लाईनमा परेको जमिनको कतै उचित मुल्याङन त कमै कम गरेर पक्षपात गरेको भनाई उनीहरुको भनाइ छ । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.