Websoft University

शिक्षा क्षेत्रमा फड्को मार्दै साजीलाल मा.वि : डिप्लोमा सिभिल इन्जिनियरिङको कक्षा सुरु


शिव भट्टराई, मोरङ कार्तिक १७ गते । रातो तारा डट कम मोरङ को सुन्दरहरैचा ६ मा रहेको साजिलाल उच्च मा बि ले शैक्षिक क्षेत्रमा फड्को मार्ने क्रममा डिप्लोमा सिभिल इन्जिनियरिङ कक्षा संचालन सुरु गरेको छ । आज बिधालय प्राङ्गणमामा एक कार्यक्रमको आयोजना गरि कक्षा सन्चालन गरिएको थियो। 

सुन्दरहरैचाका नगर प्रमुख तथा प्रमुख अतिथि शिव ढकालले
नब बिद्यार्थी हरु प्राबिधिक शिक्षा मा राम्रो तथा उत्कृष्ट उच्च शिक्षा हासिल गरि बिध्यालय तथा सुन्दरहरैचा नगर कै नाम रोसन गरि राष्ट्रियमा परिचीत हुन समेत शुभकामना प्रदान गर्नु भयो । उहाँले स्थानीय सरकार को तर्फ बाट तथा अन्य विभिन्न स्रोत बाट भए पनि बिध्यालय का भैतिक संरचना तथा प्राविधिक शिक्षामा आफू हरकदमा लागेर सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो।

अतिथीहरुमा बिध्यालयका प्र अ कल्याण सिटैला, वाड न ६ का अध्यक्ष जीवन राई, वाड न ७ का अध्यक्ष चैतान्य प्र सिटैला, ४ का अध्यक्ष सैलेन्द्र श्रेष्ठ, वाड न ५ का अध्यक्ष राम रिजाल,समाजसेवि उमेश वस्ती, नागरिक मन्च का ददिरामा ढुंगाना यस्तै समाजसेवी बुद्धिजीवी तथा शैक्षिक क्षेत्रका ब्याक्तिव हरुको उपस्थिति रहेको थियो ।

त्यसैैैैगरी बिधालयका प्राचार्य कल्याण सिटौलाले बिधालयले बिभिन्न आरोह अबरोह हरु पार गर्दै  बाधा अड्चनका बाबजुत पनि यो स्थान सम्म आइपुगेको बताउनु भयो।   समाज सेवि शिक्षाबिद  बुद्धिजीवीहरु को बिशेष  सहयोग ले मात्र आज प्राबिधिक शिक्षा को कक्षा सन्चालन भएको र आगामी दिन मा अन्य कार्यक्रम सन्चालन गर्दा सम्पुर्ण को विशेष सहयोग को समेत अपेक्षा गर्नु भयो। 

बि स २०२२ सालमा स्थापना भएको साजिलाल मा बि ले शैक्षिक क्षेत्र मा राम्रै प्रगती हात पारेको देखिन्छ । २०५७ साल बाट + 2 संचालन गरेको  यस बिध्यालय ले अहिले डिप्लोमा सिभिल इन्जिनियरिङ को कक्षा सन्चालन गर्दा बिधालय, परिवार र सामाजिक तथा शक्षिक क्षेत्र निकै हर्सित भएको देखिन्छ।
४८ जाना को कोटा  प्राप्त भएको मा हाल सम्म ३५ जाना बिद्यार्थी भर्ना लिइ सकेको बिध्यालय प्रसासन ले जनाएको
छ । त्यसैगरी नव बिद्यार्थीहरु लाई फुलका गुच्छा र खादा ओडाइ स्वागत  गरिएको थियो।

सो कार्यक्रमको सभापतिमा बिध्यालय ब्यबस्थापन समितिकि अध्यक्ष गिता शर्मा घिमिरे रहनु भएको थियो ।
कार्यक्रमको सन्चालन शिक्षक श्याम भट्टराईले गर्नु भएको थियो। 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.