Websoft University

महिला हिंसा विरुद्घ अभियान वर्ष २०७६, विषयक गोष्ठी सम्पन्न


बिराटनगर कार्तिक १८ गते । रातो तारा डट कम,महिला बालबालिबा तथा ज्येष्ठ नागरिक मन्त्रालयले आज बिराटनगरमा १ नम्वर प्रदेशका स्थानिय निकायका महानगर,उपमहानगर, नगरपालिकाहरु, वडा सम्मका जनप्रतिनिधि र प्रदेश मन्त्री सासदहरुलाई बोलाएर लैगिंक हिंसा बिरुद्घको अभियान २०७६को वार्षिक प्रतिवेदन कार्यायोजना कार्यान्वयनका बारेमा एक दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो ।

कार्यक्रमको सघीय, महिला,बालबालिका तथा जेष्ठ नागरिक मन्त्री माननीय थममाय थापा र प्रदेश नम्वर १ का मुख्य मन्त्री शेरधन राइले एक साथ पानसमा बत्ती बालेर कार्यक्रमको उदघाटन गर्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा १ नम्वर प्रदेशका मुख्य मन्त्री शेरधन राइले आफना कुरा राख्नु हुदै,महिला हिंसा बिरुद्घ प्रदेशमा राम्रो र सफल काम भइरहेको बताउनु भयो । त्यसैगरी आगामी दिनमा लैगिंक हिंसा मान बेचबिखन बाल बिवाह दाइजो प्रथा, घरेलु हिंसाको अन्त्य गर्न घर घर बाटै सुधार गर्नु उचित रहने बताउनु 
भयो ।

सघिय महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले यो वर्ष लाई महिला हिंसा बिरुद्घको अभियान वर्ष घोषणा गरेको बताउनु भयो । अहिले सघीय सरकारको यो महिला मन्त्रालयले ७ तै प्रदेशहरुमा यसैप्रकारका अन्तरक्रिय गोष्ठी कार्यक्रमहरु सन्चालन गर्ने बताउनु हुदै, नेपालको संबिधानमा किटान भएका चार कुराहरुमा आमाको नामबाट सन्तालहरुले नागरिक्ता पाउनु पर्ने, सरकारको काम कारवाहिमा ३३ प्रतिसत महिलाको सहभागिता अनिवार्य हुनु पर्ने, हिंसाहरुको अन्त्य हुनु पर्ने, बिवेध पुण रहेका वा बाजिएका कानुहरुको खारेजी हुनु पर्ने, जस्ता कुराहरु पारित भएकाले सोही अनुरुप काम कार्यन्वयन हुदै जाने छ भन्ने कुरा गोष्ठिमा बताउनु भयो ।

१ नम्वर प्रदेशका सभामुख प्रदिप भण्डारीले कार्यक्रमलाई सम्वोधन गर्नु हुदै,हामीले आफनै चालचलनलाई परिर्वतन गरेर समाजलाई हिंसा मुक्त बनाउनु पर्ने बताउनु भयो ।

प्रदेश नम्वर १ का सामाजिक बिकास मन्त्री जीवन घिमिरेले आफनो सम्वोधन भाषणमा हिंसा खोजेर पाइदैन, यो त हामी ओरिपरी नै भएकाले सामाजिक सुधारमा परिर्वतन गरि बिभिन्न प्रकारका हिंसाहरुको अन्त्य गर्न सकिने कुरा बताउनु भयो ।

त्यसैगरी जिल्ला समन्वय प्रदेश समितिका सयोजक बवी चाम्लीङ्ग,नगरपालिका संघ केन्द्रिय सदश्य गिता पौडेल, गाउँपालिका संघ को तर्फबाट उपाध्यक्ष मेनुका काफलेले पनि लैंगिक हिंसा बिरुद्घको अभियान माथि देखि एउटा गाउँको तल्लो निकाय सम्म निति कार्यान्वयनमा लानसक्नु पर्छ भन्नु भयो । 

प्रदेश सासद मेयर तथा स्थानिकायका जनप्रतिनिधिहरु संग पुन गोष्ठीमा कसरी कार्यान्वयन सफल बनाउने भन्ने बारेमा छलफल भएको थियो । गोष्टी ष्टी

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.