Websoft University

इटहरीका बेणु सिटौला डाक्टर भए


शिव भट्टराई, सुनसरी कार्तिक १९ गते । रातो तारा डट कम, सुनसरी को इटहरी उपमाहानगरपालिका -४ निवासी
 डि भि एम एकेडमी का सस्थापक प्राचार्य तथा इटहरी का शैक्षिक क्षेत्र का अग्रज ब्याक्तित्व बेणु प्रसाद सिटौला ले भारत को "स्वामी बिबेकानन्द बिस्वबिद्यालय " बाट शिक्षा विषय मा  PhD  गर्नु भएको छ ।

नेपाल  को पुर्बी पाहाडी जिल्ला ताप्लेजुङ मा सामान्य किसान परिवार मा जन्मेका सिटौला  सानै देखि गम्भीर अनि नया कुरा खोज्ने स्वाभब का हुनुहुन्थ्यो। परिवार सहित ताप्लेजुङ बाट  मोरङ को गोठगाउमा बसाइसरी आए पछि सिटौलाको मा बि सम्म को पढाइ पन्चायत मा. बि. गोठगाउ बाट गरेका उनले विभिन्न आरोह अबरोध अनि दुख र बाध्यता का बाबजुद पनि उच्च शिक्षा हासिल गरिरहे र आज यो स्थान सम्म आइपुगेका छन्।घर परिवार जीवन सङ्गिनी छोराहरु आफन्त अनि इस्ट मित्र हरु को बिशेष सहयोग ले आफू सफल अनि यो स्थान सम्म आइपुगेको सिटौला बताउँछन्।

२ छोरा १ श्रीमती का धनी सिटौला कि श्रीमति देवका सिटौला पनि शिक्षण पेसा मै आबद्ध हुनुहुन्छ। पन्चायत मा बि गोठगाउ मा पनि २०४३ साल देखि २०४९ साल शिक्षक भै सेवा गरेका आफ्नो  जीवन  नै शिक्षा र सामाजिक क्षेत्र मा  बिताउने अठोट गर्नु भएको छ ।

सिटौला मनोचिकित्सक , शिक्षा परामर्श दाता! iQ परिक्षक  र द्वन्द समाधान समेत हुन्।

नेपाल दयानन्द वैदिक मिसन स्कुलका प्राचार्य प्याब्सन सुनसरी का सल्लाहकार यस्तै आर्यसमाज सुनसरी का अध्यक्ष ,mi र ei को विशेषज्ञ पनि हुनुहुछ।उहाँ नेपाल मा मात्रै नभएर, अन्तर्राष्ट्रिय स्तर मा पनि विभिन्न पद मा आसिन हुनुहुन्छ राष्ट्रिय मनोबिज्ञान प्रतिस्ठान इन्डिया को पुणकालिन सदस्य , पुने रिसर्च डिस्कोभरी माहाराष्ट्र आमन्त्रित लेखक , साइकोलोजी इन्डिया को सदस्य, डि भि एम सोसाइटी इन्डियाको शिक्षा अधिकारी समेत हुनुहुन्छ।

सिटौलाले राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तर का थुप्रै पुरस्कार पनि प्राप्त गरेका छन्। पुर्वान्चल विश्वबिधालय गोल्ड मेड्ल प्राप्त गरेका छन् भने नेपाल  सरकार बाट  दुइओटा रास्टिय शिक्षण पुरस्कार  र नेपाल बिधाभुसण पद्क ख जस्ता पुरस्कार ले समानित हुनु भएको छ।यस्तै भारत मा पनि  डा अम्मेड्कर शेवा श्री पुरस्कार , वीर माहारानाप्रताप समाज भूषण पदक , भारत रत्न डा अम्मेडकर समाज भूषण पदक, डा एपिजे कलाम एकेडेमिक लिडरसिप अन्तर्राष्ट्रिय पुरस्कार जस्ता पुरस्कार प्राप्त गर्नु भएको र चाडै दुबई मा समेत अन्तरास्ट्रिय पुरस्कार बाट सम्मानित हुन लाग्नु भएको उनले रातो तारा डट कम लाई बताएका छन्।

भारत को स्वामी बिबेकानन्द विश्वबिधालय बाट शिक्षा विषय मा पि एच डि गर्ने सिटौला पहिलो व्यक्ति समेत हुनुहुन्छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.