Websoft University

१६औ पटक साढे तीन किलोमिटर दण्ड प्रणाम गर्दै घाट सम्मको मेयर भीम र रन्जिताको यात्रा-अस्ताउदो,उदाउदो,सुर्यलाइ बिहान घाटमा अर्घ दिएर समापन गर्दै,


 बिराटनगर कार्तिक १७ गते । रातो तारा डट कम,महानगरका मेयर भीम पराजुली उनकी धर्मपत्नी रञ्जीता पराजुली भति  जा समेतले १६ औ पटक साढे तीन किलोमिटर दण्ड प्रणाम गर्दै घाटसम्म पुगेर अस्सुताउदो सुर्य लाई हिजो बेलुका र अहिले बिहान उदाउदो सुर्य लाई जचडाउनु भयो  ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले छठ पर्वको पूजाकालागि कष्टकर ब्रत बस्तै आएका
छन् । निराहार ब्रत बसेका मेयर पराजुलीले १६ औ पटक दुरी नापेर सष्टाङ्ग दण्डवत गर्दै (दुरी नापेर घस्रदैंं) सिंघिया घाटमा पुगेर अस्ताउदो सूर्यलाई हिजो र आज बिहान अर्घ  दिएका छन।

आज विहान साढे १० बजे विराटनगर पोखरीयामा रहेको शिव पाञ्चायन मन्दिरबाट भतिज प्रमिस र श्रीमती रञ्जीतासँगै दण्ड प्रणाम गर्दै निस्कीएका पराजुली साढे तीन किलोमिटर दण्ड प्रमाण गर्दै सिंघिया घाटमा पुगेर अस्थाउँदो सूर्यलाई अर्घ दिने पराजुलीका प्रेस सल्लाहाकार कौशल निरौलाले जानकारी दिए ।

५ वर्षदेखि भतिज प्रमिसले साथ दिइरहेका मेयरलाई यसपाली मेयरका धर्मपत्नी रञ्जीतालेसमेत दण्ड प्रणाम गर्दै घाटमा पुगेर साथ दिइरहेकी छिन् । उक्त दुरी पार गर्न करिव ५ घण्टा लाग्ने मेयर पराजुलीले बताए ।

१६ बर्षयता छठ माताको ब्रत बस्दै आएका मेयर पराजुलीले १६ औ पटक दण्ड प्रणाम गर्दै सिंघीया घाटमा पुगेर भोली विहान उदाउँदो सूर्यलाई अर्घ दिएर ब्रत समापन गरेका छन।

नगरबासीको सुख, शान्ति र समृद्धिको कामना सहित छठको कष्टपूर्ण ब्रत बसेको मेयर पराजुलीले जानकारी दिए । दण्ड प्रणाम गर्दै छठको पूजाकालागि निस्कीएका पराजुली धर्म प्रति बढी आस्था राख्छन् ।

‘पहिले म आफु र परिवारको रक्षाका लागि छठ पुजा गर्थे’ उनले भने,‘तर अहिले सम्पुर्ण महानगरवासीको सुरक्षा र समृद्धि र लोक कल्याणका लागि गर्न थालेको छु, सकुन्जेल निरन्तरता दिने मेयर पराजुलीलेबताए।’मेयर पराजुलीलाई हौसला दिन हास्य कलाकार तथा निर्मात्री दिपाश्री निरौला तथा राष्ट्रिय गायक सुमित खडकालगायतका कलाकारको उपस्थीत रहेकोछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.