Websoft University

मेयर पराजुलीले गरे छठको प्रसाद वितरण प्रदेश प्रमुख ,मन्त्री ,सांसद देखि कार्यकर्ताको बाक्लो उपस्थिती


विराटनगर  कार्तिक १७ गते । रातो तारा डट कम,विराटनगर महानगरका मेयर भीम पराजुलीले सदाका बर्षहरुझै यसपटक पनि  छठको प्रसाद वितरण कार्यक्रम गरेका  छन् । १६ औ पटक दण्डप्रणाम गर्दे सिगाइ घाट पुगेर छैठको कठोर ब्रत बसेका उनले प्रत्येक बर्ष प्रसाद ख्वाउने कार्यक्रम राख्दै आएका छन् । आइतवार पोखरिया स्थित आफ्नै निवासमा आयोजित प्रसाद वितरण कार्यक्रममा शुभेच्छुक तथा कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो ।  प्रसाद ग्रहण गर्न  प्रदेश नं। १ प्रदेश प्रमुख गोविन्द बहादुर तुम्बाहाङ्ग ,सभामुख प्रदिप भण्डारी,उपसभामुख सरस्वती पोखरेल,सामाजिक बिकासमन्त्री जीवन घिमिरे, नेपाली कांग्रेसका बरिष्ठ नेता बिजयकुमार गच्छदार, प्रदेशसभा सदस्यहरु जयराम यादव,बिन्दिया कार्की, सुयर्मा राई ,शान्ता पौडेल,शाबित्रा रेग्मी,यसोधा अधिकारी,विराटनगर महानगर उपमेयर इन्दिरा कार्की, सुन्दरहरैचा नगरपालिकाका मेयर शिव ढकाल , लक्ष्मिनाराण मन्दिर पान्चालीका पिठाधिस अच्युत स्वामी , कांग्रेस मोरङका सचिव नागेश कोइराला, मोदराज घिमिरे , मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेल , जिल्ला प्रहरी प्रमुख बिश्वराज अधिकारी ,पत्रकार महासंघ प्रदेश नं १ का अध्यक्ष बिक्रम लुइटेल ,उद्योगी मोती दुगड महेश जाजु,पवन सारडा ,मुकेश उपाध्याय,नन्दु राठी,नविन रिजाल,शुरेन्द्र गोल्छा ,पारस लुनिय लगायत महानगरका शुभेच्छुक तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेको
थियो । आपसी मित्रता  सहित समाजलाई जोड्न आफुले यस खाले कार्य गर्दे आएको मेयर पराजुलीले बताएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.