धनकुटा, कार्तिक २० गते । रातो तारा डट कम,धनकुटा जिल्लाको बिभिन्न स्थानहरुमा लगाईएको तथा प्राकृतिक रुपमा आफै उम्रिएको ६० हजार भन्दा बढी गाजाका बोटहरु फडानी गरी नष्ट गरिएको छ । मंगलवार बिहान जिल्ला प्रहरी कार्यालय धनकुटा, दंगा नियन्त्रण प्रहरी गण दुहवी र ईलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरी टोलीले धनकुटाको शहिदभुमी गाउँपालिका-१ र ३ को सिरवानी, च्याप्रुङ, सुन्तलावारी, चिच्चे र गुर्दुङको एरिया ईलाकाको करिव ३६ रोपनी जग्गामा अबैध रुपमा लगाईएका तथा प्राकृतिक रुपमा आफै उम्रिएका २२ हजार गाजाका बोट फडानी गरी नष्ट गरेको हो । यसैगरी ईलाका प्रहरी कार्यालय भेडरटारबाट खटिएको प्रहरी टोलीले साँगुरीगढी गाउँपालिका-८ को खुडी, बाण्डे, खाम्चुवा, खेरेबोटे, पाखाटोल र खालिङको करिव ५ रोपनी जग्गामा अबैध रुपमा लगाईएका तथा प्राकृतिक रुपमा आफै उम्रिएका ११ हजार ५५० गाजाका बोट फडानी गरी नष्ट गरेको हो । यसैगरी प्रहरी चौकी आँखिसल्लाबाट खटिएको प्रहरी टोलीले शहिदभुमी गाउँपालिका-४ ,५ ,६ र ७ को खोकु, सालबोटे, पाखा, गैरी, आईतवारेका बिभिन्न स्थानहरुमा भएका २६ हजार गाजाका बोट फडानी गरी नष्ट गरेको तथा प्रहरी चौकी त्रिवेणीबाट खटिएको प्रहरी टोलीले शहिदभुमी गाउँपालिका-१ को गुर्धुङ, तिनतले र पाङनाङको अन्दाजी १५ रोपनी जग्गामा अबैध रुपमा लगाईएका तथा प्राकृतिक रुपमा आफै उम्रिएका ३५ सय गाजाका बोट फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
Post a Comment