कामाण्डौ कार्तिक १५ गते । रातो तारा डट कम,नेपाली काँग्रेस पार्टी कार्यालयमा सभापति शेरबहादुर देउवाविरुद्ध नेविसंघका कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् । केन्द्रिय समिति वैठकका लागि सभापति देउवा पार्टी कार्यालय प्रवेश गर्दा नेविसंघ कार्यकर्ताले घेराउ गरेका थिए । नेवि संघका कार्यकर्ताले ३२ वर्ष मुनिकालाई नै नेविसंघको अध्यक्ष बनाउनु पर्ने माग गर्दै नाराबाजी गरेका थिए । संघको अवरोधमा सभापति देउवा लगायतका नेताहरुलाई कार्यालय छिर्न समस्या परेको थियो । कार्यकर्ताले नाराबाजी गर्दै घेराउ गरेपछि सभापति देउवाले ‘यो के गरेको’ भन्दै आक्रोस समेत पोख्नुभएको थियो ।
Post a Comment