Websoft University

भारतिय नक्सामा लिपुलेक कालापानी लगाएतका हजारौं मिचिएको भूमि समाबेश भएकोमा नेपालमा विरोध हुर्दै,


काठमाण्डौ कार्तिक २० गते । रातो तारा डट कम,भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूमि लिपुलेक र कालापानी पनि सभावेश गरेपछि नेपालमा विरोध भएको छ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी, प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस, समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक तहबाट पनि नेपालले दाबी गर्दै आएको भूमि भारतले आफ्नो सीमा राखेको भन्दै विरोध गरेका छन् । 

दलका भातृ संगठन नेपाल तरूण दल, नेपाल विद्यार्थी संघ, अनेरास्ववियू लगायतले नक्साको विरोध गर्दै काठमाडौंमा प्रदर्शन समेत गरेका छन् । कालापानी, लिपुलेक लगायत नेपाली भूमि भारतीय नक्सामा राखिएको विरोधमा सत्तारुढ विद्यार्थी संगठन अनेरास्ववियूले आज राजधानीमा प्रदर्शशन गरे ।

रत्नराज्यलक्ष्मी क्याम्पस प्रदर्शनीमार्गबाट सुरु भएको विरोर्ध याली त्रिचन्द्र क्याम्पस घण्टाघर पुगेर कोणसभामा परिणत भएको थियो । ¥यालीमा सहभागी विद्यार्थीले ‘गो व्याक इन्डिया’ भन्दै नाराबाजी गरेका हुन् । आजै दाङमा भएको एउटा कार्यक्रममा पत्रकारहरूसँग कुराकानी गर्दै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लिपुलेक भारतले नक्सामा राखेको हो भने कुनै हालतमा सह्यै नहुने प्रतिक्रिया दिनुभएको छ ।  नेपाल भारत सीमा विवादबारे आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा प्रष्ट बताएको पूराना कुरा पनि प्रचण्डले स्मरण गर्नुभयो । 

काँग्रेसले नेपालका भूमि कालापानी र लिपुलेक भारतले नक्सामा पार्नू आपत्तिजनक भएको उल्लेख गरेको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दिल्लीबाट जारी नक्साप्रति गम्भीर ध्यानाकर्षण भएको प्रतिक्रिया दिनुभयो । अन्य दलका नेता तथा कार्यकर्ताले विज्ञप्ति नै निकालेर यसको बिरोध गरेका छन् । कतिपयले सामाजिक सञ्जाल मार्फत भारतको बिरोध गरेका छन् भने यस बारेमा आधिकारिक धारणा सोध्न सरकारसंग माग गरिएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.