Websoft University

प्रदेश स्तरीय लाखेनाच चैनपुरमा शुरु


नवीन गुरुङ–संखुवासभा, मंसिर ७ गते । रातो तारा डट कम, “कला संस्कृतिको संरक्षण, पहिचान र पर्यटनको प्रवद्र्धन”भन्ने मूल नाराका साथ प्रदेश नं. १ स्तरीय लाखे नाच प्रतियोगिता चैनपुरमा आजबाट शुरु भएकोछ ।

उक्त प्रतियोगिताको प्रतिनिधि सभाका सदस्य सांसद राजेन्द्र प्रसाद गौतमले उद्घाटन गर्नुभएको थियो । सो लाखेनाच प्रतियोगिता कार्याक्रममा प्रदेशभरीका ७ जिल्लाका १३ टिम सहभागी भएको चैनपुर समाजसेवा युवा क्लवका अध्यक्ष एवं कार्यक्रम मूल समारोह समितिका संयोजक रन्जन श्रेष्ठले वताए ।

उक्त प्रतियोगितमा संखुवासभा भित्रका वाना, सिबुवा, खाँदवारी, तुम्लिङटार, खराँङ्ग, चैनपुर सहित मोरङ, उदयपुर, भोजपुर, सुनसरी, तेह्रथुम र धनकुटा जिल्लाको सहभागिता रहेकोछ । चैनपुरको जिरोप्वाइन्टबाट सुरु भएको ¥याली बजारको विभिन्न भागको परिक्रमा गर्दै बालमन्दीर पुगेर कार्यक्रम स्थल टुडीखेल फर्किएको थियो ।

आजबाट शुरु भएको कार्यक्रम सोमबार सम्म सञ्चालन हुने आयोजकले जनाएकोछ । प्रतियोगिताको विजेताले ५५ हजार ५ सय ५५, ३३ हजार ३ सय ३३, २२ हजार २ सय २२ र शान्त्वना पुरस्कार ११ हजार १ सय ११ रुपैया नगद,प्रमाणपत्र र मायाको चिनो रहेकोछ ।

उक्त प्रतियोगिता चैनपुर समाज सेवा युवा क्लव र नेवा देयाःदवु चैनपुर नगरसमितिले संयुक्त रुपमा आयोजना गरेको हो । नेवार समुयामा नाचिने लाखेनाच प्रतियोगिताले पर्यटन वर्ष २०२० लाई लक्षीत गरि गरिएको आयोजकले जनाएको छ ।

कार्यमले प्रदेश नं १ भित्रका पर्यटकीय क्षत्रको पर्यटन प्रर्वधन गर्दै नेवार समुदयाको यो लाखे नाच पर्ववद्धन हुने राम्रो काम भएको प्रमुख अतिथि गौतमले प्रशांसा गर्नुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.