काठमाण्डौ कार्तिक १९ गते । रातो तारा डट कम,बैतडीको दशरथचन्द नगरपालिकाले हिँउदे यामको चिसो मौसमलाइ छेक्न जिल्ला कारागारका कैदिहरुलाई कम्बल वितरण गरेको छ । नगरपालिकाको आर्थिक सहयोग र समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सामुदायीक प्रहरी सेवा केन्द्र र जिल्ला प्रहरी कार्यालयको सयुक्त समन्वयमा ६० ओटा कम्वल वितरण गरिएको सामूदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दिपेस शाहले जानकारी दिनुभयो । जिल्ला कारागारमा रहेका ३७ जना कैदी, १३ जना पुर्पक्षका लागी थुनुवा ब्यक्तिहरु र १० जना जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा रहेका ब्यक्तिहरुलाई १÷१ कम्बल वितरण गरिएको अध्यक्ष शाहले बताउनुभयो । उहाँका अनुसार कम्बलका साथै १० हजार रुपँया बराबरका (उपन्यास) किताबहरु बितरण गरिएको छ ।
Post a Comment